त्रिविविमा विद्यार्थीको तालाबन्दीविरुद्ध प्राध्यापकको प्रदर्शन

काठमाडौँ – त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन्।

विश्वविद्यालयका प्राध्यापकहरुले विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

‘तालाबन्दी समाधान होइन, समस्या हो’, ‘विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ’, ‘अब त अत्ति भयो’, ‘विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म?’, ‘विश्वविद्यालय सुधारका लागि एकजुट होऔँ’ लगायतका प्लेकार्ड बोकेर प्रध्यापकहरुले विरोध प्रदर्शन गरेका छन्।

उनीहरुले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि शान्तिपूर्ण धर्नासमेत दिएका छन्। प्रदर्शनकारी प्राध्यापकहरुले समस्या सहज रुपमा समाधान गर्न सकिने अवस्था रहे पनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताए।

प्रध्यापकहरुले विभिन्न विद्यार्थी संगठनहरुले आ–आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने जिकिर गरे। उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनुपर्ने बताए।

सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले विगत लामो समययता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago