सुनचाँदीको भाउ फेरि महंगिएको छ । फागुन ५ गते, बिहीबार सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको हो ।
यस दिन छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार भने सुनको भाउ तोलामा नै एक हजार ६०० रुपैयाँले गिरावट भएको थियो । सो दिन सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा झरेको थियो । फागुन लागेयता सुनचाँदीको भाउमा तिव्र उतारचढाव देखिएको छ । मंगलबार तोलामा एक हजार २०० रुपैयाँले बढेको सुनको भाउ बुधबार भने घटेको थियो ।
बिहीबार चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ । आज चाँदी तोलामा १० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
अघिल्लो कारोबार दिन भने चाँदीको मूल्यमा भारी गिरावट आएको थियो । त्यो दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार २८५ रुपैयाँमा झरेको महासंघको तथ्यांकले देखाउँछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…