सुनचाँदीको भाउ फेरि महंगियो, तोलामा १,००० रुपैयाँले बढ्यो सुन

२०७८, ५ फाल्गुन बिहीबार १४:४४

सुनचाँदीको भाउ फेरि महंगिएको छ । फागुन ५ गते, बिहीबार सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुनको भाउ तोलामा नै एक हजार ६०० रुपैयाँले गिरावट भएको थियो । सो दिन सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा झरेको थियो । फागुन लागेयता सुनचाँदीको भाउमा तिव्र उतारचढाव देखिएको छ । मंगलबार तोलामा एक हजार २०० रुपैयाँले बढेको सुनको भाउ बुधबार भने घटेको थियो ।

बिहीबार चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ । आज चाँदी तोलामा १० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन भने चाँदीको मूल्यमा भारी गिरावट आएको थियो । त्यो दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार २८५ रुपैयाँमा झरेको महासंघको तथ्यांकले देखाउँछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु