शैक्षिक गुणस्तर र शिक्षासम्बन्धी कानुनी सुधारमा केन्द्रित- मन्त्री पौडेल

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्र सुधारका लागि सरकारले ५५बुँदे कार्यक्रम ल्याएको बताउनुभएको छ। विश्व निकेतन माविको हिरक जयन्तीको अवसरका आयोजित कार्यक्रमा मन्त्री पौडेलले सरकारले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र शिक्षासम्बन्धी कानुनी सुधारमा केन्द्रित भई ५५बुँदे कार्यक्रम ल्याएको बताएका हुन् ।
सार्वजनिक विद्यालयको सुधारका लागि सरकार कटिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र देशभरका सार्वजनिक विद्यालयलाई भौतिक सुविधा सम्पन्न बनाउनेतर्फ सरकार अगाडि बढेको बताए । गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विश्व निकेतन माध्यमिक विद्यालयको योगदानको उनले प्रशंसा गरेका थिए ।
उनले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार र कार्यक्रमिक सुधारका लागि सरकारले नीति र बजेट दिइरहेको बताए । शिक्षण सुधार प्रक्रियाका लागि सरकार सदैव तत्पर रहेको उनको भनाइ छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा विद्यालयका प्राचार्य हेरम्बराज कँडेलले विद्यालयले गुणस्तरीय शिक्षामा गर्दै आएको योगदान र प्राप्त गरेको सफलताको बारेमा चर्चा गरेका थिए ।
१० लाखको अक्षयकोष स्थापना
हिरक महोत्सवकै अवसरमा विद्यालयमा ‘पद्म ज्योति तथा मीरा ज्योति’ नामक अक्षयकोषको स्थापना गरिएको छ । वार्षिक रूपमा उत्कृष्ट शिक्षक, विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले . १० लाखको अक्षयकोष स्थापना गरेको सौरभ ज्योतिले घोषणा गरेका हुन् ।आफ्ना बुबाआमाको नाममा हिरक महोत्सवका अवसरमा ज्योतिले सार्वजनिक रूपमा अक्षयकोष स्थापना गरिएको घोषणा गरेका हुन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago