दही चोरेको आरोपमा १२ वर्षीया बालिकालाई २० घण्टासम्म बाँधेर यातना

रामेछाप: घरमा कोही नभएको बेला घरभित्र पसेर दही चोरेको आरोप लगाउँदै रामेछापको मन्थली नगरपालिकाकी १२ वर्षीया एक बालिकालाई २० घण्टासम्म बाँधेर यातना दिइएको छ ।

मन्थली नगरपालिका ६ चिउरीपानीस्थित ६३ वर्षीय शेरबहादुर श्रेष्ठको घरभित्र पसेर चोरी गरेको भन्दै ती दलित बालिकालाई श्रेष्ठले कुटपिट र यातना दिएका हुन् । श्रेष्ठसहित परिवारका सदस्यले ती बालिकालाई दही चोरेको भन्दै हात पछाडि बाँधेर मंगलबार मध्यान्हसम्म राखेका थिए ।
घटनाबारे जानकारी पाएपछि स्थानीय वडाध्यक्ष गोपाल माझीले जिल्ला प्रहरीमा खबर गरेका थिए । दही चोरेको आरोपसँगै दलित बालिका श्रेष्ठको घरभित्र पसेको हुँदा ‘अशुद्ध’ भएको भन्दै श्रेष्ठले बालिकालाई कुटेका थिए । साथै उनले रुद्री लगाउने खर्च नदिएसम्म नछोड्ने भन्दै घण्टौंसम्म हात पछाडि थाममा बाँधेर राखेका थिए ।

स्थानीयहरूका अनुसार ती दलित बालिकाले शेरबहादुर श्रेष्ठको घरमा पसेर सोमबार मध्यान्ह दही चोरेर खाएकी थिइन् । श्रेष्ठ वस्तु चराउन गएको मौका पारेर उनको घरमा पसेकी भनिएकी ती बालिका चाउचाउ, दालमोठ र नरिवल हातमा लिएर निस्कँदै गर्दा श्रेष्ठले फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार बालिका बाँधिएको हल्ला हुन थालेपछि श्रेष्ठले प्रहरी पुग्नुअघि नै डोरी खोलिदिएका थिए । आमा अन्यत्र गएको र भाइ सानो भएकाले सोमबार राति दलित बालिकाको परिवारका सदस्यले उक्त घटनाबारे थाहा पाएनन् । र बाहिर पनि हल्ला फैलन पाएको थिएन । बाँधिएकी दिदीसँगै पीडित बालिकाका भाइले पनि श्रेष्ठको दलानमै रात बिताएका थिए ।

दलानको थाममा बाँधिएकी बालिकालाई श्रेष्ठले राति खाना भने दिएको र ‘खोलिदिन मन लागेपछि’ कतै भागे आफू परिन्छ कि भन्ने डरले खोल्न नसकेको श्रेष्ठले प्रहरी समक्ष बताएका छन् । प्रहरीले अहिले श्रेष्ठलाई नियन्त्रणमा लिएको र बालिकाको उद्धार गरी स्वास्थ्य परीक्षण गराउन पठाएको थिङले बताए ।

बालिकालाई दलित भएकै कारण २० घण्टासम्म बाँधेर राखेको घटनालाई जिल्लास्थित दलित अधिकारकर्मीले जातीय विभेदको रुपमा कारबाही हुनुपर्ने बताएका छन् । प्रनाउ थिङका अनुसार श्रेष्ठ विरुद्ध पीडित पक्षले जाहेरी ल्याइ नसकेकोले कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने कुराको टुंगा भइसकेको छैन ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago