काठमाडौं: नेपाली चिया खरिद गर्न युरोपका ठूला आयाकर्ताहरूबीच प्रतिस्पर्धा देखिएको छ । यो प्रतिस्पर्धालाई उपयोग गर्नसकेमा नेपालको चियाले अन्तर्राष्ट्रिय बजारमा महत्वपूर्ण हिस्सा ओगट्न सक्ने देखिएको छ ।
जर्मनीका चिया व्यवसायीहरूको एक टोली आइपुगेलगत्तै अहिले चेक गणतन्त्रका चिया व्यापारीहरूको टोली नेपाल भ्रमणको क्रममा छ भने बुधवार बेलायती चिया व्यापारीहरूको टोली आउँदै छ । त्यस्तै अप्रिलको अन्तिम साता जर्मनीमा हुने विश्व चिया सम्मेलनमा नेपाली व्यवसायी सहभागी हुने भएका छन् । नेपालमा आएका चिया व्यापारीहरू हिमाली क्षेत्रमा रहेका चिया बगानहरू डुल्दा निकै प्रभावित हुने र तत्कालै चिया खरिद सम्झौता गर्न उत्साहित हुने गरेको व्यवसायीहरू बताउँछन् ।
हिमाली क्षेत्रमा पूर्ण रूपमा अर्गानिक प्रविधिबाट उत्पादन हुने चियापत्तीमा युरोपिनहरू बढी आकर्षित भएको व्यवसायीहरू बतउँछन् । ‘हामीलाई बजारको समस्या छैन, सरकारले अलिकति सहयोग गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा ठूलो हिस्सा ओगट्न सकिन्छ,’ गोर्खा टी इस्टेट प्रालिका अध्यक्ष उदय चापागाईं भन्छन् । अघिल्लो साता स्वदेश फर्किएको जर्मनीको टी जी स्वेन्डर कम्पनीले गोर्खा टी इस्टेटले अर्गानिक प्रविधिबाट उत्पादन गर्ने सबै चिया खरिद गर्ने सम्झौता गरेको छ । ‘अर्गानिक प्रविधिबाट उत्पादन गरिएको र निश्चित गुणस्तरका भएका सबै चिया उनीहरूले किन्ने सहमति भएको छ,’ चापागाईंले भने । गत वर्ष ३० हजार किलो अर्गानिक चिया उक्त कम्पनीलाई विक्री गरेको गोर्खा टी इस्टेटले चालू अािर्थक वर्षमा ४० हजार किलोभन्दा बढी बिक्री गर्ने जानकारी दिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…