शैक्षिक गुणस्तर र शिक्षासम्बन्धी कानुनी सुधारमा केन्द्रित- मन्त्री पौडेल

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्र सुधारका लागि सरकारले ५५बुँदे कार्यक्रम ल्याएको बताउनुभएको छ। विश्व निकेतन माविको हिरक जयन्तीको अवसरका आयोजित कार्यक्रमा मन्त्री पौडेलले सरकारले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र शिक्षासम्बन्धी कानुनी सुधारमा केन्द्रित भई ५५बुँदे कार्यक्रम ल्याएको बताएका हुन् ।
सार्वजनिक विद्यालयको सुधारका लागि सरकार कटिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र देशभरका सार्वजनिक विद्यालयलाई भौतिक सुविधा सम्पन्न बनाउनेतर्फ सरकार अगाडि बढेको बताए । गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विश्व निकेतन माध्यमिक विद्यालयको योगदानको उनले प्रशंसा गरेका थिए ।
उनले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार र कार्यक्रमिक सुधारका लागि सरकारले नीति र बजेट दिइरहेको बताए । शिक्षण सुधार प्रक्रियाका लागि सरकार सदैव तत्पर रहेको उनको भनाइ छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा विद्यालयका प्राचार्य हेरम्बराज कँडेलले विद्यालयले गुणस्तरीय शिक्षामा गर्दै आएको योगदान र प्राप्त गरेको सफलताको बारेमा चर्चा गरेका थिए ।
१० लाखको अक्षयकोष स्थापना
हिरक महोत्सवकै अवसरमा विद्यालयमा ‘पद्म ज्योति तथा मीरा ज्योति’ नामक अक्षयकोषको स्थापना गरिएको छ । वार्षिक रूपमा उत्कृष्ट शिक्षक, विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले . १० लाखको अक्षयकोष स्थापना गरेको सौरभ ज्योतिले घोषणा गरेका हुन् ।आफ्ना बुबाआमाको नाममा हिरक महोत्सवका अवसरमा ज्योतिले सार्वजनिक रूपमा अक्षयकोष स्थापना गरिएको घोषणा गरेका हुन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago