काठमाडौँ महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्छः महानगरपालिकाका प्रमुख

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्ने बताएका छन्। काठमाडौं महानगरको २८औँ महानगर दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेको बताए।

उनले उपत्यकाभित्रा डबलीलाई जनचेतनामूलक कार्यक्रम गर्न प्रयोग गरिने बताए। उनले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदालाई पुनर्जागृत गराउनुपर्नेमा जोड दिए।

प्रमुख साहले संस्कृति जगेर्ना गर्न नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताए। उनले मौलिक बाजालाई अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई पनि सिकाउँदै जानुपर्ने बताए।

उनले भने, – ‘काठमाडौं महानगरपालिकाले यो सात दिन सप्ताहव्यापी काठमाडौं महानगरपालिकाको उत्सव मनाउँदै गर्दाखेरी विभिन्न कुरालाई एउटा सिम्बोलको रुपमा देखाउन चाहेको छ। उदाहरणको रुपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनर्जागरण गर्नुपर्छ भन्ने कुरा अस्ति पशुपतिमा गर्दै जाँदाखेरी, उपत्यकाभरि र काठमाडौं महानगरपालिकाभरि विभिन्न स्थानमा डबली छन्। जसको प्रयोजन सांगीतिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन सबैका लागि हुने गथ्र्याे। त्यसलाई फेरि पुनःस्थापना गर्न सकिन्छ। ठुल्ठूलो इभेन्ट गर्न हामीलाई ठूलो मञ्च प्रयोग गर्दै आएका छौँ।

तर, स–सानो हाम्रो जनचेतनामूलक, रमाइलोका लागि गरिने जुन पुरानो सभ्यतामा रहेको चिजलाई पुनर्जागरण गर्नुपर्छ भन्ने कुरा हामीले ग-यौँ। महसुस यात्रा ग¥यौँ। हामीले के महसुस गर्नुपर्ने छ भने हाम्रो सभ्यता, सम्पदा, पुरानो मौलिक आर्किटेक्चर थियो काठमाडौं महानगरपालिकाको र उपत्यकाको। त्यसलाई पुनर्जागरण कसरी गर्ने ? हाम्रो संस्कृतिलाई कसरी पुनर्जागरण गर्ने ? कसरी जोगाइराख्ने ? कसरी पुस्तान्तरण गर्ने ? हाम्रो नयाँ पुस्तालाई हाम्रो संस्कृति कसरी सिकाउँदै जाने ? हाम्रो पुरानो बाजालाई कसरी अभिलेखीकरण गरेर त्यसलाई प्रदर्शनको रुपमा, प्रतिस्पर्धाको रुपमा, प्रतियोगिताको रुपमा हामीले हाम्रो नयाँ पुस्तालाई कसरी सिकाउँदै जाने भन्ने कुरा पनि राख्यौँ।’

प्रमुख साहले काठमाडौं महानगरबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताए। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायत क्षेत्रमा छिमेकी पालिकाहरू र सबै तहको सरकारसँग सहकार्य गर्दै अगाडि बढेको बताए।

उनले काठमाडौं महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्ने बताए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago