काठमाडौँ महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्छः महानगरपालिकाका प्रमुख

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्ने बताएका छन्। काठमाडौं महानगरको २८औँ महानगर दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेको बताए।

उनले उपत्यकाभित्रा डबलीलाई जनचेतनामूलक कार्यक्रम गर्न प्रयोग गरिने बताए। उनले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदालाई पुनर्जागृत गराउनुपर्नेमा जोड दिए।

प्रमुख साहले संस्कृति जगेर्ना गर्न नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताए। उनले मौलिक बाजालाई अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई पनि सिकाउँदै जानुपर्ने बताए।

उनले भने, – ‘काठमाडौं महानगरपालिकाले यो सात दिन सप्ताहव्यापी काठमाडौं महानगरपालिकाको उत्सव मनाउँदै गर्दाखेरी विभिन्न कुरालाई एउटा सिम्बोलको रुपमा देखाउन चाहेको छ। उदाहरणको रुपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनर्जागरण गर्नुपर्छ भन्ने कुरा अस्ति पशुपतिमा गर्दै जाँदाखेरी, उपत्यकाभरि र काठमाडौं महानगरपालिकाभरि विभिन्न स्थानमा डबली छन्। जसको प्रयोजन सांगीतिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन सबैका लागि हुने गथ्र्याे। त्यसलाई फेरि पुनःस्थापना गर्न सकिन्छ। ठुल्ठूलो इभेन्ट गर्न हामीलाई ठूलो मञ्च प्रयोग गर्दै आएका छौँ।

तर, स–सानो हाम्रो जनचेतनामूलक, रमाइलोका लागि गरिने जुन पुरानो सभ्यतामा रहेको चिजलाई पुनर्जागरण गर्नुपर्छ भन्ने कुरा हामीले ग-यौँ। महसुस यात्रा ग¥यौँ। हामीले के महसुस गर्नुपर्ने छ भने हाम्रो सभ्यता, सम्पदा, पुरानो मौलिक आर्किटेक्चर थियो काठमाडौं महानगरपालिकाको र उपत्यकाको। त्यसलाई पुनर्जागरण कसरी गर्ने ? हाम्रो संस्कृतिलाई कसरी पुनर्जागरण गर्ने ? कसरी जोगाइराख्ने ? कसरी पुस्तान्तरण गर्ने ? हाम्रो नयाँ पुस्तालाई हाम्रो संस्कृति कसरी सिकाउँदै जाने ? हाम्रो पुरानो बाजालाई कसरी अभिलेखीकरण गरेर त्यसलाई प्रदर्शनको रुपमा, प्रतिस्पर्धाको रुपमा, प्रतियोगिताको रुपमा हामीले हाम्रो नयाँ पुस्तालाई कसरी सिकाउँदै जाने भन्ने कुरा पनि राख्यौँ।’

प्रमुख साहले काठमाडौं महानगरबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताए। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायत क्षेत्रमा छिमेकी पालिकाहरू र सबै तहको सरकारसँग सहकार्य गर्दै अगाडि बढेको बताए।

उनले काठमाडौं महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्ने बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago