कामचलाउ सरकारले अध्यादेश ल्याउन मिल्दैन, तत्काल फिर्ता लिनुपर्छः डा. भीम रावल

काठमाडौँ – नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

उनले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणकालीन प्रधानमन्त्री भएकोले यस्तो बेलामा देशको अहित हुने गरी अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको भन्दै अविलम्ब अध्यादेश फिर्ताको माग गरेका हुन्।

नेता रावलले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवा त कामचलाउ प्रधानमन्त्री हो । दीर्घकालीन असर पर्ने काम गर्नुहुन्छ? राजनीतिक नैतिकता भएको व्यक्तिले यो काम गर्न सक्छ?’

उनले अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको गम्भीर आरोप लगाए। उनले भने, ‘यो गैरजिम्मेवार र अनैतिक काम पनि हो। अध्यादेश जारी गर्ने कुरा, यो कामचलाउ सरकार र संक्रमणकालीन अवस्थामा रहेका प्रधानमन्त्रीले गर्न मिल्दैन।’

मुलुकी फौजदारी कार्यविधि संहिता धेरै लामो समय लगाएर, कानूनविदहरुको बीचमा छलफल भएर जारी गरेको कानून भएको उल्लेख गर्दै उनले नयाँ संसद् आउन लागेको अवस्थामा यसरी अध्यादेश ल्याउनु गम्भीर गलत भएको टिप्पणी गरे।

सरकारले रेशम चौधरीलाई रिहा गर्नका लागि अध्यादेश ल्याएपछि चौतर्फी विरोध भइरहेको छ। सरकारले भने विरोधका बीच अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको छ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago