काँकडभिट्टा — झापा मेचीनगरमा आगामी वैशाखमा झापा सुपर लिग क्रिकेट टुर्नामेन्ट आयोजना हुने भएको छ । लर्ड बुद्ध क्रिकेट एकेडेमी मेचीनगरको आयोजनामा आगामी वैशाख १ देखि ७ सम्म काँकडभिट्टा ‘झापा सुपर लिग’ क्रिकेट टुर्नामेन्ट हुने भएको हो ।
आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रदेश १ मै पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको जनाएको छ । स्थानीय काँकरभिट्टा माविको मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्लाका चार वटा टिमले भाग लिने आयोजक समितिका अध्यक्ष हिमाल विकेले जानकारी दिए ।
अक्सनमार्फत लिइएका खेलाडीहरुलाई विभिन्न चार टिममा समावेश गरिने छ । जसअन्तर्गत धुलावारी टाइगर्स, बोष्टर्न क्रिकेट इगन, भद्रपुर राइजिङ किङस र विराट वरियर्स प्रतियोगितामा सहभागी बन्ने छन्। प्रतियोगिताका विजेताले २ लाख ११ र उपविजेताले १ लाख ११ हजार रुपैयाँ पाउने छन ।
साथै विभिन्न विधागत पुरस्कारहरु समेत प्रदान गरिने छन्। जसअन्तर्गत उत्कृष्ट ब्याट्समेनले १५ हजार, उत्कृष्ट बलरले १० हजार, उत्कृष्ट विकेट किपरले ५ हजार रुपैयाँ पाउने छन्।
ब्याट्सम्यानले छक्का प्रहार गर्ने बललाई क्याच गर्ने दर्शकलाई पनि नगद १ हजार ५ सय रुपैयाँ दिइने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।
पूर्व क्रिकेटर मनोज कटुवालले झापा सुपर लिगले जिल्लामा पुनः क्रिकेटको माहोल सिर्जना हुने र नयाँ खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए । झापा क्रिकेट संघका अध्यक्ष प्रवीन थापाले कोरोना कहरपछि थलिएको नेपाली खेलकुदलाई यो प्रतियोगिताले राहत प्रदान गर्ने बताए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…