उमेदवार छान्ने विधि एमालेको कस्तो छ?

काठमाडौँ: नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको उम्मेदवार छनोट विधि निर्धारण गरेको हो ।

जसअनुसार महानगर र उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले नै तय गर्ने छ । ‘प्रदेश कमिटीको सिफारिसमा महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार केन्द्रले गर्ने विधि तय गरिएको छ,’ प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘महानगरपालिकाका वडाध्यक्ष र सदस्यहरुको बारेमा निर्णय प्रदेश कमिटीले गर्छ ।’

काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगंज, विराटनगर महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । त्यसैगरी नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारको निर्णय भने प्रदेश कमिटीले गर्ने छ । ती उम्मेदवारहरुको सिफारिस जिल्ला कमिटीले गर्ने गुरुङले बताए । देशभर २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् ।

त्यसैगरी, वडाध्यक्षको उम्मेदवारहरुको जिल्ला कमिटीले निर्णय गर्ने छ । ‘पालिका कमिटीहरुको सिफारिसमा जिल्लाले यस विषयमा निर्णय गर्ने छ,’ गुरुङले भने, ‘कुनै स्थानका उम्मेदवारहरुको बारेमा विवाद भएमा एक तह माथिको कमिटीले त्यस विषयमा निर्णय गर्ने छ ।’ एमाले स्थानीय तह निर्वाचनका लागि केन्द्रले नै घोषणापत्र तयार पार्ने भएको छ । बुद्धिजीवी परिषद्‌को प्रस्तावमा नीति अनुसन्धान प्रतिष्ठानको समन्वयमा तयार हुने घोषणा पत्रलाई केन्द्रीय कमिटीले पारित गर्ने प्रमुख गुरुङले बताए । ‘बुधबार त्यस विषयमा कार्यशाला गोष्ठी हुँदैछ,’ गुरुङले भने, ‘केन्द्रको घोषणापत्र हुन्छ र ७ सय ५३ स्थानीय तहको प्रतिबद्धता पत्र जारी गर्छन् ।’

प्रतिबद्धता पत्रमा स्थानीय तहले हालसम्म गरेको काम र आगामी दिनमा गर्ने कामको बारेमा विवरण रहने छ । उम्मेदवार छनोटको मापदण्ड चैत ९ र १० गते हुने केन्द्रीय कमिटीको बैठकले तय गर्ने छ । ‘केन्द्रीय कमिटीको बैठकमा प्रदेशका अध्यक्षहरुले समग्र कामको रिपोर्ट गर्छन्,’ गुरुङले भने, ‘हाम्रो पार्टी र अन्य दलहरुको अवस्थामा कस्तो छ भन्ने विषयमा जिल्लागत रिपोर्टिङ हुनेछ ।’

मंगलबारको सचिवालय बैठकले चैत ७ मा पोलिटब्युरो र १३ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । विभाग, निकायहरुमा रहेका नेताहरुलाई आफ्ना जिम्मेवारीमा असर नपार्ने गरी निर्वाचन अवधिभर प्रदेश तथा जिल्ला कमिटीहरुको समन्वयमा आफ्नो सम्बन्धित भूगोलको काममा संलग्न गराउने तयारीमा एमालेले गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय चुनावको विषयमा एमालेले सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago