फेरिपनि त्रिभुवन आर्मी झापा गोल्डकप च्याम्पियन

झापा: डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि जितेको छ । बिर्तामोड-३ स्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा-११ लाई २-१ गोलले हराउँदै आर्मीले चौथोपटक झापा गोल्डकपको उपाधि जितेको हो । जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता भएको झापा ११ ले नगद ६ लाख पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ ।

आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गर्नुभयो । फाइनल खेलको १८औँ मिनेटमा सुमन अर्यालको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाउनुभयो । अर्को गोल २१औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गर्नुभएको थियो । मैदानको मध्य भागबाट पेनाल्टी एरियामा पाएको बललाई गोलरक्षक अघि बढेको मौकामा उहाँले गोल गर्नुभयो ।

तीन मिनेटभित्र २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लियो । उसले दोस्रो गोल खाएको तीन मिनेटमा एक गोल फर्कायो । झापाका विमल घर्ती मगरले हेडमार्फत् गोल गर्नुभयो । शिवे उल्रिचको क्रसमा उहाँले गोल गर्दै आर्मीसँग गोल अन्तर घटाउनुभयो । फाइनल खेलको म्यान अफ दी म्याच टेकबहादुर बुढाथोकी हुनुभयो । उहाँले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाउनुभयो । प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देवेन्द्र तामाङ घोषित हुनुभयो । उहाँले यामाहा कम्पनीको एउटा मोटरसाइकल पाउनुभयो । गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्ती मगर हुँदै नगद २५ हजार प्राप्त गर्नुभयो । उहाँले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गर्नुभएको थियो । प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिडफिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र बेस्ट कोच आर्मीका नवीन न्यौपाने घोषित हुनुभयो । उहाँहरूले जनही २१ हजार रुपैयाँ पाउनुभयो ।

फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा-११ र सातवटा ‘ए’ डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो । खेलमा भारतका मानेभञ्ज्याङ फुटबल क्लब, रेडपान्डा फुटबल क्लब, घरेलु टोली झापा-११, आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रिस्टार क्लब र जावलाखेल युथ क्लबको सहभागिता थियो ।

झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापाको सानका रूपमा रहेको झापा गोल्डकप आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले प्रतियोगिताबाट झण्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गर्नुभएको छ । फागुन २१ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको प्रतियोगिता कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समापन गर्नुभयो ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago