‘हराएको मुस्कान’ सार्वजनिक

काठमाडौं: गायिका तथा लेखिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरियो । कार्यक्रममा स्मिता घिमिरेको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको थियो ।

‘हराएको मुस्कान’ लोकार्पण तथा सम्मान समारोहमा विभिन्न क्षेत्रका १३ जनालाई सम्मान गरियो । सम्मान हुनेहरूमा स्व. तारानाथ शर्मा, विष्णु प्रभात, दीपक जंगम, कमल कोइराला, नवराज सुवेदी, कुन्ती मोक्तान, बलराम अर्याल, मनिषा कोइराला, उन्नति बोहोरा शिला, रमना श्रेष्ठ, बेन्जु सरोज श्रेष्ठ, डा.प्रकाश सायमी, डा.सुदीप श्रेष्ठ रहनुभएको थियो ।

‘हराएको मुस्कान’ लोकार्पण समारोहमा बटुकहरूबाट बेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरूको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै प्राज्ञ विष्णु प्रभातले पुस्तकको समीक्षा गर्नुभएको थियो । राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा उपन्यासमा लेखिका स्वयं आफैं म पात्र भएर प्रस्तुत हुनुभएको थियो । कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोइरालाले लेखिकाप्रति आफूले प्राउड गरेको र जति समस्यामा पनि हाँसी रहने भन्दै प्रसंशा गर्नुभयो ।

क्यान्सर रोगबाट पीडित कोइरालाले क्यान्सर लाग्दैमा डराइहाल्नु नपर्ने बताउनुभयो । लेखिका घिमिरे पनि क्यान्सरबाट पीडित हुनुभएको थियो । हाले आफ्नो आमाको नाममा ट्रष्ट खोलेर पीडितहरूको उपचार गराइरहनु भएको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago