टेलिकमले पहिलो पटक बोनस वितरण गर्ने, प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

काठमाडौं: नेपाल टेलिकम लिमिटेड (NTC) ले पहिलो पटक बोनस शेयर वितरण गर्ने भएको छ। कम्पनीले बोनस र नगद लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago