अर्घाखाँची: राष्ट्रिय स्तरमा सत्तारुढ दलहरुबीच चुनावमा गठबन्धन गरेर जाने किन नजाने भनेर सहमति कायम भएको छैन तर अर्घाखाँचीमा रहेका सत्तापक्षीय दलहरुले आगामी निर्वाचनमा मिलेरै जाने उद्घोष गरेका छन् ।
सन्धिखर्कमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन पक्षधर राजनीतिक दलहरुले स्थानीय, प्रदेशदेखि संघीय निर्वाचनसम्म एकतावद्ध बन्ने र मिलेरै निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर विसी, नेकपा एकीकृत समाजवादीका नेता राम बहादुर चौहान लगायतका राजनीतिक दलका नेताहरुले आगामी निर्वाचनमा संगै जाने स्पष्ट पारेका हुन् ।
प्रतिगमनविरुद्ध आफूहरुले संघै संघर्ष गरेको भन्दै सत्तापक्षीय राजनीतिक दलहरुले प्रतिगमनलाई साँच्चै परास्त गर्नका लागि आफूहरु एक भएर निर्वाचनमा होमिन तयार रहेको जनाएका हुन् ।
एमाले सचिव टोप बहादुर रायमाझीको प्रभावक्षेत्र मानिएको अर्घाखाँचीमा गठबन्धन कायम रहेको अवस्थामा रायमाझीलाई जित्न निकै कठिन हुने विष्लेषकहरु बताउँछन् । यद्यपी यतिवेला अर्घाखाँचीका गाउँ गाउँमा संगठन निर्माणमा सक्रिय रहेका रायमाझीले आफुहरु एक्लै पनि भिड्न तयार रहेको बताउने गरेका छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…