बिजय खनाल, बुटवल: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनालाई कसैले रोक्न नसक्ने बताएका छन् । मदन भण्डारीले यो आयोजनाको सपना देखेको भन्दै उनले यसलाई पूरा गरी छाड्ने दावी गरे ।

सोमबार बुटवलमा आयोजित एमालेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै उपाध्यक्ष पौडेलले काँग्रेस नेतृत्वको गठबन्धन सरकारले कालीगण्डकी तिनाउ डाईभर्सन आयोजनालाई रोक्न खोजे पनि त्यो सफल नहुने बताए । बुटवलबासीलाई उनले आयोजना पूरा हुनेमा शंका नगर्न आग्रह समेत गरे ।

‘यो आयोजना मदन भण्डारीले देखेको सपना हो, मैले यसलाई पछ्याएको मात्र हुँ, एमाले नेतृत्वको सरकारले यसलाई अगाडि बढाएको हो’ उनले भने, ‘कालीगण्डकीको पानी तिनाउमा खसाल्ने मदन भण्डारीको सपना एमालेले पूरा गर्छ ।’

उपाध्यक्ष पौडेलले आयोजनालाई रोक्ने उद्देश्यले केही मानिसले अदालतमा मुद्दा हालेको भन्दै डिपिआरको काम सकिइसकेकाले मुद्दा हालेपनि आयोजना प्रभावित गर्नेगरी अदालतले फैसला नगर्ने विश्वास व्यक्त गरे । अदालतले अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा आयोजना अघि बढाउन बाधा नपुगेको भन्दै अन्तिम फैसला आउन्जेल आयोजनाको थप काम अगाडि बढ्ने बताए ।

कालीगण्डकी तिनाउ डाईभर्सनका कारण राम्दीदेखि तल्लो तहमा पनि पानीको अभाव नहुने पौडेलको भनाइ छ । गुल्मीको रिडी र रुद्रवेनीको बीचमा २५ सय मेगावाटको जलाशययुक्त आयोजना निर्माण हुने पनि पौडेलले बताए । यस क्षेत्रमा अरू ठूला आयोजना पनि कार्यान्वयनको दिशामा अघि बढेको पौडेलले बताए । पौडेलले एमाले नेतृत्वको सरकारले राष्ट्रिय राजमार्गमा बनाउन अगाडि सारेका १० वटा पुलमध्ये आठ वटा अहिलेको सरकारले हटाएको दावी गरे ।

कोशी, भालुवाङ मुग्लिनका महत्त्वपूर्ण ठाउँमा बन्ने पुलमध्ये एमाले सरकारबाट हटेपछि अहिलेको सरकारले हटाएको उनले आरोप लगाए । उपाध्यक्ष पौडेलले तिनाउमा विश्व बैंकको लगानीमा ‘सिग्नेचर’ पुल बन्ने र यसको प्रक्रिया अगाडि बढेको जानकारी दिए । स्थानीयको अवरोधका कारण अगाडि बढ्न नसकेको तिनाउ–दानव करिडोरलाई स्थानीयको माग संबोधन गर्दै अघि बढाइने उनले बताए ।

कार्यक्रममा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने आजको आवश्यकता रहेको बताए । मुलुकलाई अगाडि बढाउन र समृद्धिको सपना साकार पार्न एमालेको नेतृत्व अपरिहार्य रहेको पनि ज्ञवालीले बताए ।

एमालेले बुटवलका सबै वडालाई समेटेर स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नगरस्तरीय पार्टी कार्यकर्ता, जनप्रतिनिधि, जनसंगठनका सदस्यहरुलगायत सहभागी थिए ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago