काठमाडौँ: साउदी राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद दुईदिने औपचारिक भम्रणका लागि सोमबार साँझ ६:५० मा काठमाडौं आइपुगेका छन् । राजकुमार फैसल श्रीलंकाको कोलम्बोबाट निजी विमान एयरबस ए३१९ मा काठमाडौं आएका हुन । उनी आइतबार श्रीलंका आएका थिए ।
उनीसहित १७ जनाको भीभीआईपी टोलीलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोलीले स्वागत गरेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । साउदी राजकुमारको निजी विमान काठमाडौंमा अवतरण हुनेबेला १५ मिनेटका लागि नोटाम (नोटिस टु एयरमेन) जारी गरी काठमाडौंभित्र आउने र बाहिर निस्कने अरु सबै आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई रोक लगाइएको थियो ।
यो कूटनैतिक चार्टर उडान भएकाले नागरिक उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थलमा लाग्ने ल्यान्डिङ, पार्किङलगायतका शुल्क मिनाह गरेको उक्त जहाजको व्यवस्थापकीय जिम्मा लिएको ट्रान्स हिमालय एभिएसन प्रालिले जनाएको छ । ट्रान्स हिमालयका प्रबन्ध निर्देशक भानुसिंह ठकुरीका अनुसार राजकुमारको जहाजलाई शुरक्षा पहरा दिई विमानस्थलको ११ नम्बरको पार्किङवेमा राखिएको छ ।
प्राधिकरणले उक्त विमानका लागि लाग्ने शुल्क मिनाह गरे पनि नेपाल वायुसेवा निगमलाई ग्राउन्ड ह्यान्डलिङबाफत लाग्ने करिब १० लाख रुपैयाँ शुल्क साउदी सरकारले बुझाउनुपर्ने छ । ठकुरीका अनुसार, उक्त भीभीआईपी उडानका चालकदलका ७ सदस्य लाजिम्पाटस्थित र्याडिसन होटलमा र राजकुमारसहितको टोली नक्सालस्थित मेरियट होटलमा बस्ने छन् ।
राजकुमारको टोली मंगलबार दिउँसो ३ बजे काठमाडौंबाट बंगलादेशको ढाकास्थित शाह जलाल अन्तर्राष्ट्रिय विमानस्थल जाने छन् । राजकुमारको फिर्ती उडानका बेला पनि काठमाडौं विमानस्थल १५ मिनेट अन्य व्यावसायिक उडानहरुका लागि रोक्न नोटाम जारी गरिसकेको छ ।तस्बिरहरू : रासस
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…