काठमाडौँ: साउदी राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद दुईदिने औपचारिक भम्रणका लागि सोमबार साँझ ६:५० मा काठमाडौं आइपुगेका छन् । राजकुमार फैसल श्रीलंकाको कोलम्बोबाट निजी विमान एयरबस ए३१९ मा काठमाडौं आएका हुन । उनी आइतबार श्रीलंका आएका थिए ।

उनीसहित १७ जनाको भीभीआईपी टोलीलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोलीले स्वागत गरेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । साउदी राजकुमारको निजी विमान काठमाडौंमा अवतरण हुनेबेला १५ मिनेटका लागि नोटाम (नोटिस टु एयरमेन) जारी गरी काठमाडौंभित्र आउने र बाहिर निस्कने अरु सबै आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई रोक लगाइएको थियो ।

यो कूटनैतिक चार्टर उडान भएकाले नागरिक उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थलमा लाग्ने ल्यान्डिङ, पार्किङलगायतका शुल्क मिनाह गरेको उक्त जहाजको व्यवस्थापकीय जिम्मा लिएको ट्रान्स हिमालय एभिएसन प्रालिले जनाएको छ । ट्रान्स हिमालयका प्रबन्ध निर्देशक भानुसिंह ठकुरीका अनुसार राजकुमारको जहाजलाई शुरक्षा पहरा दिई विमानस्थलको ११ नम्बरको पार्किङवेमा राखिएको छ ।

प्राधिकरणले उक्त विमानका लागि लाग्ने शुल्क मिनाह गरे पनि नेपाल वायुसेवा निगमलाई ग्राउन्ड ह्यान्डलिङबाफत लाग्ने करिब १० लाख रुपैयाँ शुल्क साउदी सरकारले बुझाउनुपर्ने छ । ठकुरीका अनुसार, उक्त भीभीआईपी उडानका चालकदलका ७ सदस्य लाजिम्पाटस्थित र्‍याडिसन होटलमा र राजकुमारसहितको टोली नक्सालस्थित मेरियट होटलमा बस्ने छन् ।

राजकुमारको टोली मंगलबार दिउँसो ३ बजे काठमाडौंबाट बंगलादेशको ढाकास्थित शाह जलाल अन्तर्राष्ट्रिय विमानस्थल जाने छन् । राजकुमारको फिर्ती उडानका बेला पनि काठमाडौं विमानस्थल १५ मिनेट अन्य व्यावसायिक उडानहरुका लागि रोक्न नोटाम जारी गरिसकेको छ ।तस्बिरहरू : रासस

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago