चीनको प्रतिकृया , युक्रेनसँग लड्न रुसले सहयोग मागेको छैन

काठमाडौँ: चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले चीनलाई लक्षित गर्दै गलत सूचना फैलाएको बताएका छन् । युक्रेन मुद्दाबारे चीनको ‘पोजिसन’ स्थिर र प्रष्ट भएको पनि उनले बताए ।
मंगलबार पत्रकार सम्मेलनको क्रममा चिनियाँ अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन् । पत्रकार सम्मेलनको क्रममा एक पत्रकारले युक्रेन युद्धका लागि रुसले चीनसँग सैन्य सहयोग मागेको बारे प्रश्न सोधेका थिए । त्यस क्रममा उनले अमेरिकी अधिकारीको हवाला दिँदै चीनले रुसलाई सहयोग गर्ने वा नगर्नेबारे जवाफ माग्दा प्रवक्ता लिजियानले अमेरिकाप्रति आक्रोश व्यक्त गरे ।
यस क्रममा लिजियानले आफूहरूले शान्ति वार्तालाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्दै आएको पनि बताएका थिए । ‘अहिले प्रमुख प्राथमिकता भनेको सबै पक्षले संयम अपनाउनु हो । आगोमा इन्धन थपेर अहिलेको अवस्थालाई थप चर्काउनुको सट्टा अवस्था शान्त पार्ने र कुटनीतिक समाधानका लागि काम गर्ने हो,’ प्रवक्ता लिजियानले भनेका छन् ।

पत्रकारले चिनियाँ अधिकारीसमक्ष रुससँगको सम्बन्धबारे प्रश्न गरेका थिए । साथै रुसलाई भविष्यमा पनि चीनले आर्थिक सहायता गर्नसक्ने विषयमा पत्रकारहरूको जिज्ञासा थियो । चीनले भने युक्रेनमाथि रुसी आक्रमणलाई लिएर प्रष्ट धारणा राखेको छैन । लिजियानले रुसलाई आर्थिक सहायता दिने वा नदिनेबारे कुनै प्रतिक्रिया दिएनन् ।

सोही विषयमा रुसले पनि चीनसँग सैन्य सहयोग नमागेको भन्दै प्रष्ट पारेको छ । मंगलबार रुसको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर यसबारे प्रतिक्रिया दिएको हो । युक्रेनसँग युद्धको क्रममा रुसले चीनसँग सहयोग मागेको भन्दै अमेरिकी पक्षबाट समाचार आइरहेका बेला चीन र रुसले प्रतिक्रिया दिएका हुन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago