नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक र विराटनगरस्थित न्यूरो कार्डियो अस्पताल बिच मिति २०७८ फाल्गुण २७ गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा २० प्रतिशत सम्म छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १५ प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।

विराटनगरमा भएको उक्त सम्झौता पत्रमा न्यूरो कार्डियो अस्पतालका तर्फबाट संचालक निर्देशक श्री राजेश भट्टराई र नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री समता पन्तले हस्ताक्षर गर्नुभएको थियो ।
उक्त कार्यक्रममा हस्पिटलका संचालक निर्देशक श्री राजेश भट्टराईले न्यूरो कार्डियो हस्पिटलले गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको जानकारी गराउदै नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुशि भएको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री समता पन्तले विराटनगरमा स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल न्यूरो कार्डियो हस्पिटलसंग सहकार्य गर्न पाएकोमा हस्पिटल प्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु एवं डिजिटल र कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई स्वास्थ्य उपचारमा बिशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटल प्रति आभार समेत व्यक्त गर्नुभयो । साथै, उहांले यस बिशेष छुट सुबिधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु र ग्राहकहरुले लाभान्वित हुने विश्वास समेत ब्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा नेपाल बैंक प्रदेश नं. १ प्रादेशिक कार्यलयका प्रमुख सुर्य प्रकाश भट्ट, सिटी अफिस विराटनगर तथा बजारअड्डा शाखाका शाखा प्रबन्धकहरु र बैंकका अन्य कर्मचारीहरु र न्यूरो कार्डियो अस्पतालका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago