काठमाडौँ: चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले चीनलाई लक्षित गर्दै गलत सूचना फैलाएको बताएका छन् । युक्रेन मुद्दाबारे चीनको ‘पोजिसन’ स्थिर र प्रष्ट भएको पनि उनले बताए ।
मंगलबार पत्रकार सम्मेलनको क्रममा चिनियाँ अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन् । पत्रकार सम्मेलनको क्रममा एक पत्रकारले युक्रेन युद्धका लागि रुसले चीनसँग सैन्य सहयोग मागेको बारे प्रश्न सोधेका थिए । त्यस क्रममा उनले अमेरिकी अधिकारीको हवाला दिँदै चीनले रुसलाई सहयोग गर्ने वा नगर्नेबारे जवाफ माग्दा प्रवक्ता लिजियानले अमेरिकाप्रति आक्रोश व्यक्त गरे ।
यस क्रममा लिजियानले आफूहरूले शान्ति वार्तालाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्दै आएको पनि बताएका थिए । ‘अहिले प्रमुख प्राथमिकता भनेको सबै पक्षले संयम अपनाउनु हो । आगोमा इन्धन थपेर अहिलेको अवस्थालाई थप चर्काउनुको सट्टा अवस्था शान्त पार्ने र कुटनीतिक समाधानका लागि काम गर्ने हो,’ प्रवक्ता लिजियानले भनेका छन् ।
पत्रकारले चिनियाँ अधिकारीसमक्ष रुससँगको सम्बन्धबारे प्रश्न गरेका थिए । साथै रुसलाई भविष्यमा पनि चीनले आर्थिक सहायता गर्नसक्ने विषयमा पत्रकारहरूको जिज्ञासा थियो । चीनले भने युक्रेनमाथि रुसी आक्रमणलाई लिएर प्रष्ट धारणा राखेको छैन । लिजियानले रुसलाई आर्थिक सहायता दिने वा नदिनेबारे कुनै प्रतिक्रिया दिएनन् ।
सोही विषयमा रुसले पनि चीनसँग सैन्य सहयोग नमागेको भन्दै प्रष्ट पारेको छ । मंगलबार रुसको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर यसबारे प्रतिक्रिया दिएको हो । युक्रेनसँग युद्धको क्रममा रुसले चीनसँग सहयोग मागेको भन्दै अमेरिकी पक्षबाट समाचार आइरहेका बेला चीन र रुसले प्रतिक्रिया दिएका हुन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…