घर-घरको कुरा सुखी परिवारको परिकल्पनाको कुरा, समग्रमा हाम्रा कुरा।

सुरेन्द्र अधिकारी, काठमाडौं- अभिभावकलाई शिक्षकको कुरा, मेरा कुरा, तपाईंका कुरा, समग्रमा हाम्रा कुरा ।

विद्यालयमा मात्रै हैन हरेक अभिभावकको सामु एउटा यस्तो समय आउँछ, जुनबेला आफ्ना बालबालिकालाई कसरी उच्चतम अनुशासनमा राख्ने भन्ने विषयले पिरोल्छ।घरमा पाहुना आउँदा समेत नमन गर्न लजाउने बच्चा होस् वा झर्को लगाउने शिशु होस् वा बेलामा पस्किएको भात खान नआएर मोबाइलमै आँखा टास्ने बेईमानी होस् वा रिसाईरहने, सबैकुरा दिँदादिँदै पनि केही नपाएको ब्यवहार गर्ने किशोर अवस्थाको बालबालिकाको स्याहार सुसार गर्दा, तपाईंलाई आफ्नो रिसमाथि नियन्त्रण राख्न हम्मेहम्मे पर्छ हैन? हामीलाई स्कुलमा नि त्यस्तै हुन्छ। नढाँटिकन भनौं! : आँफैलाई जगल्ट्याउँ कि जस्तै हुन्छ (उसलाई जगल्ट्याउँ भने त हात भरि कपाल आउला, हेयर ट्रान्सप्लान्टको खर्चलाई कम्तिमा नि शिक्षकले ५ बर्ष आफूलाई बेचिदिए हुन्छ)। त्यस्तो परिस्थिति आओस् भन्ने चाहना कोही पनि शिक्षकको हुँदैन र अभिभावकको पनि हुँदैन।आधारभूत कुरा त के हो भने:

बालबालिकालाई गाली वा कुटपिट गरेर समस्याको समाधान हुँदैन।

धन्य, अन्य अझ बढी प्रभावकारी विधिहरू पनि छन् (जुन हामीलाई पढ्नमात्रै मजा लाग्छ) जसमध्ये एउटा विधि सकारात्मक अनुशासन हो। मैले विद्यालयमा पढाउने शिक्षक साथीहरू, नानीबाबुहरूलाई स्कुल लिन/पुर्याउन आउनु भएका अभिभावक, परीक्षाको रिजल्टको दिनमा आफ्नै टाउको मात्रै फुटाउन बाँकी अभिभावकसँग सकारात्मक अनुशासनको बालबालिकासँग सम्बन्ध एवं जिम्मेवारी बोध, सहयोगी भाव तथा स्वअनुशासनका सीप सिकाउनको लागि के र को सहयोगी हुन्छ भन्ने विषयमा परामर्श गरेको थिएँ। बालबालिकालाई कसरी चलाखीपूर्ण एवं स्वस्थ तरीकाले अनुशासनमा राख्ने ?

हामी सबैको साझा समस्या हो।
त्यसैले त शिर्षक नै हाम्रा कुरा छ नि हैन?
कोही पनि बालबालिका खराब हुँदैनन्, व्यवहार मात्रै खराब हुनसक्छ।

सकारात्मक अनुशासन किन ?
आफ्ना बालबालिकाको अगाडि चिच्याउन वा पिट्न अभिभावकले पक्कै पनि चाहन्नन्। हामी तनावमा रहेको बेला अन्य कुनै उपाय नदेखेर उनीहरूलाई गाली गर्ने वा पिट्ने गर्छौ।
प्रमाण प्रष्ट छ : गाली गरेर वा पिटेर समस्याको समाधान हुँदैन, बरू दीर्घकालीन रूपमा यसले फाईदा भन्दा बेफाईदा नै बढी गर्छ। बारम्बार गाली गर्ने वा पिट्ने गर्नाले बालबालिकाको जीवन नै नकारात्मक रूपमा प्रभावित हुन सक्छ। बालबालिकालाई निरन्तर रूपमा घातक तनावभएमा विद्यालय जान छोड्ने, निराशा, लागु औषधको कुलत, आत्महत्या र मुटुरोग जस्ता नकारात्मक नतिजा देखिन सक्छन्।
उसो भए गर्ने के त?

.बालबालिकासँग एक्लै समय बिताउनेः
बालबालिकाहरूसँग एक्लै समय बिताउनाले उनीहरूसँग राम्रो सम्बन्ध बनाउन तथा अन्य सकारात्मक कुराको लागि पनि महत्वपूर्ण हुन्छ। त्यस्तो समय दिनमा २० मिनेट वा भनौं ५ मिनेट मात्रै पनि हुनसक्छ जुन तपाईंले बालबालिकासंगै मिलेर भाँडा माझ्ने समयमा गीत गाउँदै वा लुगा सुकाउने समयमा कुराकानी गर्दै बिताउन सक्नुहुन्छ।

तपाईंले बालबालिकामा ध्यान दिनु वास्तवमै महत्वपूर्ण हुन्छ। त्यसैले, टेलिभिजन र फोन बन्द गरेर उनीहरूकै तहमा पुग्नुहोस् र सँगै समय बिताउनुहोस्।
के गर्न नहुने वा सजाय पाउने आदि कुरा भन्दा सकारात्मक अनुशासनको अवधारणाले तपाईंका बालबालिकासँग सुमधुर सम्बन्धको विकास गर्ने तथा व्यवहारमा अपेक्षाहरू तय गर्नमा जोड दिन्छ। सबै अभिभावकको लागि एउटा सुखद खबर के छ भने यो अवधारणाले काम गर्छ र यसलाई निम्न अनुसार व्यवहारमा उतार्न सकिन्छ ।
बालबालिकासँग एक्लै समय बिताउनु रमाईलो हुनसक्छ र यसको लागि कुनै खर्च पनि लाग्दैन तपाईंले उनीहरूको शैलीको नक्कल गर्न वा भाँडाकुटी खेल्न वा सँगै गीत गाउन सक्नुहुन्छ। एउटा गजबको अनुसन्धानले के भन्छ भने तपाईं बालबालिकासँग खेल्नुभयो भने उनीहरूको मस्तिष्कको विकास थप राम्रो हुन्छ।
ठुला बालबालिकासँग समय बिताउन केही असहज लाग्ला, तर साना बालबालिकाले जस्तै किशोर उमेरका बालबालिकाले पनि आफ्नो तारिफ सुन्ने र आफुलाई अरूले राम्रो मानिदिउन् भन्ने चाहना राख्छन्। उनीहरूको नजिक रहेर नाचिदिनुभयो वा उनीहरूका प्रिय गायकको बारेमा कुरा गरिदिनुभयो भने एकदमै मन पराउँछन्।उनीहरूले यो कुरा सधैं नदेखाउन सक्छन्, तर खुसी हुन्छन्। र, उनीहरूकै शैलीमा सम्बन्ध बनाउनको लागि यो एउटा प्रभावकारी तरीका हो।
अपेक्षाहरू तय गर्ने क्रममा केहि नियम बनाउनको लागि उनीहरूको सहयोग माग्नुहोस्।उनीहरूसँग बसेर छलफल गरि घरमा के काम गर्न हुने र के गर्न नहुने भन्ने बारेमा नियम बनाउनुहोस्। अस्वीकार्य व्यवहारको परिणाम के हुन्छ भन्ने बारेमा निर्णय गर्न समेत उनीहरूले सहयोग गर्न सक्छन्। यो प्रक्रियामा सहभागी भएपछि उनीहरूले आफु अब स्वतन्त्र र परिपक्व हुँदै गएको कुरा बुझ्छन्।
आखिर छिट्टै परिपक्व चाहिएको त छ हामीलाई।

.सकारात्मक कुरालाई तारिफ गर्ने
भिभावकको रूपमा हामी बालबालिकाले गर्ने नकारात्मक व्यवहारमा केन्द्रित भएर उनीहरूलाई यो व्यवहार नराम्रो भयो भानिहाल्छौँ। यसलाई बालबालिकाले तपाईंको ध्यान खिच्ने माध्यमको रूपमा बुझ्दै त्यस्तो व्यवहार रोक्नुको सट्टा त्यसलाई नै निरन्तरता दिने सम्भावना रहन्छ।
बालबालिकालाई तारिफको खाँचो हुन्छ, जसले उनीहरूलाई माया पाएको र विशेष महसुस गराउँछ। यदि बालबालिकाले ५ मिनेटको लागि मात्रै आफ्नो साना दाजु/भाई वा दिदी/बहिनीसँग खेलेर समय बिताएको हो भने पनि हेर्नुहोस् र तारिफ गरिदिनुहोस् । यसले राम्रो व्यवहारलाई प्रोत्साहन दिंदै अनुशासनको आवश्यकता घटाउन सक्छ।
त्यसैले पनि त बिधालयमा हुने/ भएका हरेक गतिविधिका मूल्यांकन गरि पुरस्कृत गर्दछौं।

.अपेक्षाहरू स्पष्ट रूपमा तय गर्ने
बालबालिकालाई तिमीले यो गर्नुहुँदैन भन्नुभन्दा पनि तिमीले यो गर्नु पर्छ है भनेर स्पष्ट रूपमा भन्नु एकदमै बढी प्रभावकारी हुन्छ। तपाईंले आफ्नो बालबालिकालाई सामानहरू यताउता छरपष्ट नपार, वा असल बन भन्नुभयो भने आफुले के गर्नुपर्ने हो भनि राम्ररी बुझ्न सक्दैनन्।सबै खेलौनाहरू उठाएर बक्समा राख जस्ता वाक्य प्रयोग गर्ने हो भने तपाईंले के खोज्नुभएको हो भनि बुझ्ने सम्भावना बढी हुन्छ।
तर, हासिल गर्न सकिने किसिमका अपेक्षा तय गर्नु महत्वपूर्ण हुन्छ।फोन कल आएको १० मिनेट शान्त बस्न सम्भव होला, तर बालबालिकालाई दिनभरि शान्त भएर बस भन्नु अलि व्यवहारिक नहोला। आफ्ना बालबालिकाको क्षमता कति छ भन्ने कुरा तपाईंलाई थाहा हुँदाहुँदै पनि असम्भव किसिमको काम लगाउनुभयो भने उनीहरू असफल हुन्छन्।

.रचनात्मक तरीकाले ध्यान मोडिदिने
पाईंको बालबालिकाले अप्ठ्यारो व्यवहार देखाएको समयमा अन्य कुनै सकारात्मक क्रियाकलाप मार्फत उसको ध्यान मोड्नु एउटा उपयोगी रणनीति हुनसक्छ।कुराकानीको विषय परिवर्तन गरेर, कुनै गेम खेल्न शुरू गरेर , वा अर्को कोठामा लगेर वा बाहिर कतै हिंड्न लैजाने आदि उपायद्वारा तपाईंले उनीहरूको ध्यान सकारात्मक व्यवहार तर्फ केन्द्रित गराईदिन सक्नुहुन्छ।
कुनै पनि क्रियाकलाप समय मिलाएर गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। कुनै चीज गलत हुन लागेको छ भने बुझेर केहि गर्नु पनि ध्यान मोडिदिनु हो। आफ्ना बालबालिका अधैर्य हुन लागेको, झर्किन वा रिसाउन लागेको वा एउटै खेलौना दुई जना बालबालिकाले एकै समयमा खेल्न चाहेको कुरा केहि क्षण अघि बुझ्न सकियो भने कुनै अप्रिय क्षण आउन नपाउँदै रोकथाम गर्न सकिन्छ।

५.शान्त परिणामको प्रयोग गर्ने
केहि गरेमा त्यसको नतिजा निस्किन्छ भन्ने कुरा बालबालिकाले बढ्ने क्रममा सिक्नु पर्दछ। यो कुरा बालबालिकालाई राम्ररी बुझाउन सकियो भने यो साधारण प्रक्रिया मार्फत उनीहरूले राम्रो व्यवहार सिक्नुका साथै जिम्मेवारी बोध पनि गर्दछन्।
नराम्रो व्यवहारको परिणाम पनि नराम्रो हुने कुरा बताउँदै बालबालिकालाई राम्रो कुरा गर्न प्रेरित गर्न सकिन्छ। जस्तै, यदि तपाईंको बालबालिकाले भित्तामा केरमेट गरे भने त्यसो नगर्न अन्यथा उनीहरूको खेल्ने समय सकिने कुरा भन्न सक्नुहुन्छ।यसबाट उनीहरूले चेतावनीका साथै आफ्नो व्यवहारमा परिवर्तन गर्ने मौका पनि पाउँछन्।
यदि उनीहरूले नराम्रो व्यवहार गर्न नछाडेमा, भन्न सजिलो त छैन, तर त्यसको परिमाण मैले गर्दा भएको हो भनेर नरिसाईकन भन्नुहोस् ।
यदि उनीहरू अझै पनि रोकिएनन् भने उनीहरूको निकै तारिफ गर्नुहोस् ।
तपाईंले आफ्नो बालबालिकाको लागि रचनात्मक प्रतिक्रिया सृजना गर्दै हुनुहुन्छ। नराम्रो व्यवहार गरेमा के हुन्छ भन्ने कुरा थाहा पाउनको लागि शान्त परिणामहरूको विधि प्रभावकारी देखिएको छ।
सकारात्मक अभिभावकत्वका लागि सधै उस्तै किसिमको व्यवहार गर्नु महत्वपूर्ण हुन्छ र त्यसै कारणले बालबालिकाले देखाउने परिणामसम्मै हेर्नु महत्वपूर्ण हुन्छ र उनीहरूलाई यथार्थपरक बनाईरहेको हुन्छ।  तपाईंले किशोर उमेरको बालबालिकाको फोन एक घण्टाको लागि लिन सक्नुहुन्छ तर पुरै एक हप्ताको लागि लिनुभयो भने उनीहरूको व्यवहार हेर्न वा बुझ्न पनि असहज हुनसक्छ।

Sanjay poudyal

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago