जापानमा आबेसानको आर्दशवादी आर्थिक रणनीति “आबेनोमिक्स”

बिन्दु पंथी, टोकियो : जापानका पुर्व प्रधानमन्त्री शिन्जो आबेले २०१२ सालमा जापानको घट्दो आर्थिक अबस्थालाई सवलीकरण गर्न विकास गरेको आर्थिक कार्यक्रम जसलाई शिन्जो आवेको “आबे” र इकोनोमिक्स (अर्थशास्त्र) को शब्दलाई एक आपसमा मिलाएर बनेको नयाँ आधुनिक जापानको आर्थिक कार्यक्रमलाई आवेनोमिक्स भनिएको हो।

बिश्वमा आर्थिक कार्यक्रमको विकासका बिभिन्न चरणहरुमा बिभिन्न आर्थिक कार्यक्रमको नाम दिइएको पाइन्छ जस्तोकी अमेरिकामा बिल किलिंटनको आर्थिक कार्यक्रमलाई किलिन्टनोमिक्स र रोनाल्ड रिइगनको आर्थिक कार्यक्रमलाई रिइगनोमिक्सको रुपमा नामाकरण गरि प्रयोगमा ल्याइएको थियो । त्यसैगरि जापानिज मोडेलको आर्थिक कार्यक्रम आबेसानले प्रयोगमा ल्याइयो र जापानिज अर्थतन्त्रको मेरुदण्ड को रुपमा लिइयो।

जसरी जापानको जिडिपी बृद्धि दर १९६० पछि क्रमिकरुपमा घट्दै गइराखेको परिपेक्ष्यमा राजनैतिक परिवारबाट उदाएका राजनीतिक शास्त्रका विज्ञ जसले जापानिज र अमेरिकन विश्व बिद्यालयहरुबाट विकासका आधार, विकासका प्रकार तथा विकासका रणनितिहरुलाई राम्रो अध्ययन अनुसन्धान गरेका, राजनीतिमा खारिएका राजनैतिक कर्मी आबेसानले आर्थिक तरङ्‌गनै प्रस्तुत गरेका थिए।

आबेनोमिक्सका तिन आर्थिक आधार स्तम्भहरु रहेका छन् जसमा:
मौद्रिक नीति:- उपभोक्ता र कम्पनीहरुलाई पैसा उधारो र खर्च गर्न सस्तो बनाउन जापानको हाइपरइजी मौद्रिक निति जस्मा नकरात्मक छोटो अबधीको व्याज दरको रूपमा राखिएको छ।

वित्तीय प्रोत्साहन: अर्थतन्त्रमा पैसा बढाउनु (पम्प गर्नु) जसले जम्मा भएको अर्थलाई सरकारले पुर्वाधार जस्ता कुराहरुमा बढी लगानी गर्ने वा कम्पनीहरुलाई कर छुट गर्नुको साथै कम्पनीहरुलाई वित्तीय प्रोस्साहन गर्ने ।

संरचनात्मक सुधारहरु: कर्पोरेट सुधार, महिलाहरुलाई बिभिन्न काममा लाग्न प्रोत्साहनगर्ने, श्रम उदारीकरण. र श्रम दबाब कम गर्ने र आर्थिक वृद्धिमा थप मद्धत गर्ने, देशमा रहेको मानब संसाधनको कमिलाई पुरागर्ने अभिप्रायबाट, आप्रबासीहरुलाई काम दिने र बिदेशबाट ल्याउन अनुमति दिने । प्रमुखत यी माथिका तिन खम्बे आर्थिक सुधारको नीतिलाई जापानी अर्थतन्त्रको नयाँ संस्करण आबेनोमिक्सको रुपमा बिकाश भयो।

बास्तवमा, राजनैतिक ब्रान्डिङको अभ्यासको रूपमा आवेनोमिक्स पक्कै पनि सफल थियो र भयो यद्यपि यो आबेको आफ्नै मुख्य आर्थिक लक्ष्यभन्दा कम भयो। जापानको आर्थिक मन्दिलाई गतिशील बनाउन आर्थिक चुनौतिलाई भने गति मात्र नभएर युद्ध पछाडि आर्थिक उछाल आएको बिश्लेषण गरिन्छ।

प्रधानमन्त्रीबाट राजिनामा दिइसकेपछि आबेसानलाई जापानी अर्थशास्त्रीहरुले अझबढी आर्दश अर्थशास्त्रीको रुपमा चित्रण गर्दै उनकै कारण जापानले आर्थिक मन्दिको नराम्रो झड्का बाट बच्न सफल भएको बताइन्छ।

पुनश्च: शिन्जो ओबेसान प्रति हार्दिक श्रदान्जली !!!

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago