जापानका नेपालीका समस्याप्रति थप जिम्मेवार बन्ने संघ-संस्थाहरुको प्रतिबद्धता ।

“सबैसँग कमीकमजोरी हुन्छन दूतावासका पनि होलान तर हामी सुधार्दै जानेछौ। दूतावासको काम जापानका नेपालीको सेवा गर्ने नै हो, पछिल्लो समय हामी विद्यार्थीका समस्याप्रति गम्भिर छौ”

टोकियो । जापानमा क्रियाशिल् सामाजिक संघ-संस्था तथा संगठनले जापानको नेपाली समाजप्रति थप जिम्मेवार बन्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

पत्रकार महासंघ जापान शाखाले आइतबार टोकियोमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा संघ संस्था तथा संगठनका जिम्मेवार ब्यक्तिहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन ।

“जापानमा सामाजिक संघ संस्थाहरुको बर्तमान अवस्था भविष्य तथा आपसी सहकार्य”बिषयमा पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको उक्त कार्यक्रममा जापानमा क्रियाशिल् धेरै भन्दा धेरै संघ-संस्थाहरुको सहभागिता रहेको थियो ।

धेरैजसो सहभागिहरुले नेपाली समाजमा भएका समस्याहरु माथि ध्यानाकर्षण गराउदै सबै संस्थाहरुले समस्या समाधानका लागि आपसी सहकार्यमा जोड दिएका थिए ।

कार्यक्रममा बिशेषगरी धेरै सहभागिहरुले विधार्थीका समस्याहरु बढी भएको टिप्पणी गर्दै समस्या समाधानका लागि संस्थाहरुबीच आवश्यक सहकार्यका साथै सन्देशमुलक कार्यक्रमहरुको आयोजना गरिनुपर्नेमा जोडदिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका कार्यबाहक राजदूत तथा उपनियोग प्रमुख अम्बिका जोशीले दूतावासले जापानवासी नेपालीका समस्या समाधानको लागि लागिपरेको बताउदै जापानका संघ संस्था संगको सहकार्यमा जोडदिनुभयो ।

“सबैसँग कमीकमजोरी हुन्छन दूतावासका पनि होलान तर हामी सुधार्दै जानेछौ। दूतावासको काम जापानका नेपालीको सेवा गर्ने नै हो, पछिल्लो समय हामी विधार्धीका समस्याप्रति गम्भिर छौ” जोशीले भन्नुभयो । दूतावास सँग
ईमेल, फोन , मोबाइल र फेसबुक मार्फत पनि सम्पर्क गर्न सकिने जानकारी पनि उहाले दिनुभयो ।

कार्यक्रममा पत्रकार महसंघका संस्थापक अध्यक्ष तिलक मल्ल , एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल , महासचिब सिद्धार्थ श्रेष्ठ लगायत अन्य संघ संस्था संगठनका प्रतिनिधिले पनि समसामयिक बिषयमा आ-आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम जापानका पुर्व प्रधानमन्त्री स्वर्गिय शिन्जो आबेप्रति मौन धारण गरेर शुरु गरिएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago