देउवा बैठकमा जाँदा नाराबाजी, शेखरले उठाएका १२ सवाल

काठमाडौं: भ्रातृ संस्थाहरू लथालिंग बनाइएको र तदर्थ समिति गठनमा एकलौटी गरिएको भन्दै तरुण दल र नेविसंघका कार्यकर्ताले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्ष्य गर्दै चर्को नाराबाजी गरेका छन् । तरुण दलका दिनेश राई, नेविसंघका शिव रिमाल र प्रेमिका राना मगरको नेतृत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालयको मुख्य प्रवेशद्वार अघि नारा लेखिएका प्लेकार्डसहित धर्ना दिइएको थियो । बैठकमा सहभागी हुन देउवा सानेपा पुग्दा धर्नामा बसेकाहरूले चर्को नाराबाजी गर्दै भ्रातृ संस्थालाई तत्काल पूर्णता दिन र एकलौटी नगर्न माग गरेका थिए ।

देउवाले म्याद सकिएका मध्ये नेविसंघ, तरुण दल, आदिवासी जनजाति संघ र किसान संघको नेतृत्व मनोनयन गर्दा शेखर कोइराला समूहलाई नसमेटिएको आरोप छ । देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएको ६ महिना बित्दासमेत भ्रातृ संस्थाका अधिवेशनको सुरसार छैन । अधिवेशन गर्न नपाएका भ्रातृ संस्थाहरू वर्षौंदेखि तदर्थ नेतृत्वमा चल्दै आएका छन् ।

शेखरले उठाएका १२ सवाल

– राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउने जस्ता अलोकतान्त्रिक गतिविधि सच्याउन किन सरकारले प्राथमिकता दिएन ? भ्रष्टाचारका काण्डहरूको छानबिन किन ओझेलमा पर्‍यो ?

– सत्तारूढ दलका नेताहरू कांग्रेसतिर फर्केर आरोप लगाइरहेका छन्, आलोचना र दोष थोपरिरहेका छन् । किन हाम्रो पार्टी र नेताहरूले मौनता साधेको ?

– ओली नेतृत्वको सरकारले संविधान प्रतिकूल हुने गरी संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश ल्याएको थियो । के हामीले अहिले उक्त असंवैधानिक कदमलाई निरन्तरता दिन खोजेको हो ?

– गभर्नर प्रकरणमा सरकारको अक्षमता छताछुल्ल भयो । यसले आर्थिक क्षेत्रमा नकारात्मक सन्देश गयो । हालै बजेट निर्माणका क्रममा हस्तक्षेप गर्न अपरिचित व्यक्तिको प्रवेश गराएर केही खास व्यक्ति पोस्ने काम भयो भनेर चर्को दबाब आएपछि अर्थमन्त्रीको राजीनामा आयो । अब करसम्बन्धी प्रावधान परिमार्जन हुनुपर्छ ।

– सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाभियोग प्रस्तावलाई निर्धारित प्रक्रियाबाट टुंग्याउनुपर्ने होइन ? के यस विषयमा प्रधानमन्त्री र सरकारको कुनै भूमिका हुादैन ?

– स्थानीय निर्वाचनमा तालमेलका कारण केही बढी सिट जित्यौं तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्‍याउन खोज्दै छौं ? तालमेलका नाममा महिला सहभागितालाई खुम्च्याइयो । तालमेलले अन्य पार्टीलाई बढी लाभ भयो ।

– कांग्रेसका हजारौं नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक बन्न सकेका छैनन् । आगामी निर्वाचनमा व्यक्तिकेन्द्रित गठबन्धन गर्‍यौं भने पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौं त ?

– विधि, विधानभन्दा माथि हामी कोही छैनौं । पार्टी विधिसम्मत चल्नुपर्‍यो । केन्द्रदेखि वडा तहसम्मका नेतृत्वले आफूलाई मत नहालेकालाई पनि न्याय हुने संस्कृति विकास गरुन् ।

– स्थानीय निर्वाचनमा पराजयको दोष पार्टीका साथीहरूलाई नै लगाई कतिपय जिल्लाका जिम्मेवार साथीलाई पूर्वाग्रही ढंगले कारबाही सिफारिस गरी मानमर्दन गरिँदै छ ।

– पार्टी संगठनको मेरुदण्ड भ्रातृ तथा शुभेच्छुक संस्था नेतृत्वदेखि कार्यसमिति विधानबमोजिम न्यायोचित ढंगबाट निर्माण गरिनुपर्छ ।

– पार्टी सभापतिज्यू एकल र एकपक्षीय ढंगबाट निर्णयमा पुग्ने गरेको देखिएको छ ।

– जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ । महागीले जनताको ढाड सेकिएको छ । बेरोजगारी दिनानुदिन बढ्दो छ । हुने खानेले समेत सामान्य जीवन बिताउन कठिनाइ महसुस गरेका छन् भने गरिब, निमुखा, मजदुर तथा नागरिकको अवस्था के भएको होला ?

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago