बिन्दु पंथी, टोकियो : जापानका पुर्व प्रधानमन्त्री शिन्जो आबेले २०१२ सालमा जापानको घट्दो आर्थिक अबस्थालाई सवलीकरण गर्न विकास गरेको आर्थिक कार्यक्रम जसलाई शिन्जो आवेको “आबे” र इकोनोमिक्स (अर्थशास्त्र) को शब्दलाई एक आपसमा मिलाएर बनेको नयाँ आधुनिक जापानको आर्थिक कार्यक्रमलाई आवेनोमिक्स भनिएको हो।
बिश्वमा आर्थिक कार्यक्रमको विकासका बिभिन्न चरणहरुमा बिभिन्न आर्थिक कार्यक्रमको नाम दिइएको पाइन्छ जस्तोकी अमेरिकामा बिल किलिंटनको आर्थिक कार्यक्रमलाई किलिन्टनोमिक्स र रोनाल्ड रिइगनको आर्थिक कार्यक्रमलाई रिइगनोमिक्सको रुपमा नामाकरण गरि प्रयोगमा ल्याइएको थियो । त्यसैगरि जापानिज मोडेलको आर्थिक कार्यक्रम आबेसानले प्रयोगमा ल्याइयो र जापानिज अर्थतन्त्रको मेरुदण्ड को रुपमा लिइयो।
जसरी जापानको जिडिपी बृद्धि दर १९६० पछि क्रमिकरुपमा घट्दै गइराखेको परिपेक्ष्यमा राजनैतिक परिवारबाट उदाएका राजनीतिक शास्त्रका विज्ञ जसले जापानिज र अमेरिकन विश्व बिद्यालयहरुबाट विकासका आधार, विकासका प्रकार तथा विकासका रणनितिहरुलाई राम्रो अध्ययन अनुसन्धान गरेका, राजनीतिमा खारिएका राजनैतिक कर्मी आबेसानले आर्थिक तरङ्गनै प्रस्तुत गरेका थिए।
आबेनोमिक्सका तिन आर्थिक आधार स्तम्भहरु रहेका छन् जसमा:
मौद्रिक नीति:- उपभोक्ता र कम्पनीहरुलाई पैसा उधारो र खर्च गर्न सस्तो बनाउन जापानको हाइपरइजी मौद्रिक निति जस्मा नकरात्मक छोटो अबधीको व्याज दरको रूपमा राखिएको छ।
वित्तीय प्रोत्साहन: अर्थतन्त्रमा पैसा बढाउनु (पम्प गर्नु) जसले जम्मा भएको अर्थलाई सरकारले पुर्वाधार जस्ता कुराहरुमा बढी लगानी गर्ने वा कम्पनीहरुलाई कर छुट गर्नुको साथै कम्पनीहरुलाई वित्तीय प्रोस्साहन गर्ने ।
संरचनात्मक सुधारहरु: कर्पोरेट सुधार, महिलाहरुलाई बिभिन्न काममा लाग्न प्रोत्साहनगर्ने, श्रम उदारीकरण. र श्रम दबाब कम गर्ने र आर्थिक वृद्धिमा थप मद्धत गर्ने, देशमा रहेको मानब संसाधनको कमिलाई पुरागर्ने अभिप्रायबाट, आप्रबासीहरुलाई काम दिने र बिदेशबाट ल्याउन अनुमति दिने । प्रमुखत यी माथिका तिन खम्बे आर्थिक सुधारको नीतिलाई जापानी अर्थतन्त्रको नयाँ संस्करण आबेनोमिक्सको रुपमा बिकाश भयो।
बास्तवमा, राजनैतिक ब्रान्डिङको अभ्यासको रूपमा आवेनोमिक्स पक्कै पनि सफल थियो र भयो यद्यपि यो आबेको आफ्नै मुख्य आर्थिक लक्ष्यभन्दा कम भयो। जापानको आर्थिक मन्दिलाई गतिशील बनाउन आर्थिक चुनौतिलाई भने गति मात्र नभएर युद्ध पछाडि आर्थिक उछाल आएको बिश्लेषण गरिन्छ।
प्रधानमन्त्रीबाट राजिनामा दिइसकेपछि आबेसानलाई जापानी अर्थशास्त्रीहरुले अझबढी आर्दश अर्थशास्त्रीको रुपमा चित्रण गर्दै उनकै कारण जापानले आर्थिक मन्दिको नराम्रो झड्का बाट बच्न सफल भएको बताइन्छ।
पुनश्च: शिन्जो ओबेसान प्रति हार्दिक श्रदान्जली !!!
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…
काठमाडौँ— नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। बुधबार महासंघले माइतीघर मण्डलादेखि बिजुली…
झापा, भद्रपुर नगरपालिका–३ स्थित ऐतिहासिक किच्चकबध स्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ।…