निर्वाचनमा सुरक्षा : तीन हजार मतदान केन्द्र अति संवेदनशील, चार हजार पाँच सय केन्द्र संवेदनशील क्षेत्रको सूचीमा

प्रहरीका अनुसार सुरक्षाका दृष्टिले सामान्य देखिएका केन्द्रमा प्रतिमतदान केन्द्र आठ सुरक्षाकर्मी खटिनेछन् । संवेदनशील मानिएका केन्द्रमा कम्तीमा नौ र अति संवेदनशील केन्द्रमा प्रतिमतदान केन्द्र कम्तीमा ११ सुरक्षाकर्मी परिचालन हुनेछन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले संवेदनशीलताका आधारमा मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन हुने बताए । ‘सुरक्षा संवेदनशीलताका आधारमा हामीले मतदान केन्द्रलाई विभाजन गरेका छौँ । सोही आधारमा हरेक मतदान केन्द्र कम्तीमा आठदेखि ११ सुरक्षाकर्मी परिचालन गर्ने हाम्रो योजना छ । यहीअनुसार मातहतका निकायमा निर्देशन गएको छ,’ उनले भने ।

प्रहरीका अनुसार तराईका प्रायः सबै जिल्लाका मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्रको सूचीमा राखिएको छ । जसअन्तर्गत बारा, पर्सा, सप्तरी, रौतहट, सिराहा, धनुषा, महोत्तरी, सुनसरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, रूपन्देही, कपिलवस्तु र नवलपरासी पर्छन् । त्यस्तै, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, काभ्रे, दैलेख, सिन्धुली, मकवानपुर, दार्चुलालगायतका जिल्लामा रहेका मतदान केन्द्रलाई पनि अति संवेदनशीलको सूचीमा राखिएको छ ।

प्रहरीका अनुसार प्रदेश १, गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लास्थित सहरी मतदान केन्द्रलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको छ । त्यसबाहेकका पहाडी र हिमाली जिल्लाका मतदान केन्द्र भने सुरक्षाका दृष्टिले सामान्य क्षेत्रअन्तर्गत राखिएका छन् ।

प्रहरी प्रवक्ता एसएसपी केसीले भने, ‘मतदान केन्द्रमा खटिएका म्यादी र प्रहरीका टोली ‘फ्रन्ट लाइनर’ हुन् । मतदान केन्द्रको सबै सुरक्षा उनीहरूले नै गर्छन् । यसबाहेक मतदातालाई लाइनमा राख्ने, मतदान केन्द्रमा हुन सक्ने अवाञ्छित गतिविधिको निगरानी गर्ने, गतिवधि भए नियन्त्रण गर्नेलगायतका काम पनि केन्द्रमा खटिएका म्यादी र प्रहरीको हो ।’

जिल्ला निर्वाचन कार्यालय, जिल्ला निर्वाचन अधिकृत, गाउँपालिका निर्वाचन अधिकृत, मतदानपश्चात् मतपेटिकाको सुरक्षा, विजेताको सुरक्षा गर्ने जिम्मा भने सशस्त्र प्रहरीको छ । सशस्त्रले पनि संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ । संवेदन र अति संवेदनशील क्षेत्र लक्षित गरेर सशस्त्रले एक सय ११ स्थानमा ‘रिजर्भ फोर्स’ पनि ‘स्ट्यान्डबाई’ राखेको छ । त्यसबाहेक नेपाल प्रहरीको ‘ब्याक अप फोर्स’का रूपमा सबै मतदान केन्द्रमा सशस्त्र प्रहरी तयारीपूर्वक रहनेछ ।

सशस्त्रका प्रवक्ता डिआइजी विदुर खड्काले संवेदनशीलताका आधारमा सशस्त्र प्रहरी मतदान केन्द्रमा खटिने बताए । ‘निर्वाचनमा परिचालन भएका सुरक्षाकर्मी को कसरी खटिने भन्ने प्रस्ट छ । सोहीअनुसार सुरक्षाकर्मी परिचालन हुने हो । संवेदनशीलताका आधारमा कतै धेरै र कतै अलि कम हुन सक्छन् । त्यसबाहेक एक सय ११ स्थानमा हामीले ‘रिजर्भ फोर्स’ पनि तयारी अवस्थामा राखेका छौँ,’ उनले भने । निर्वाचनमा देशभर ३२ हजार सशस्त्र प्रहरी खटिएको उनको भनाई छ ।

निर्वाचन सुरक्षाका लागि परिचालित अर्को सुरक्षा दस्ता सेनाले पनि संवेदनशीलताकै आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ । निर्वाचन अवधिभर सेनाले विशेषगरी भिभिआइपी, भिआइपी र उनीहरूका निवास, मुलुकभरका सबै कारागार, विमानस्थल, सबै सामरिक महत्वका क्षेत्रको सुरक्षा गर्नेछ । मतपत्र, मतदानपछि मतपेटिकाको सुरक्षा, मतदान बक्सको ढुवानीमा पनि सेना परिचालन हुनेछन् । यसक्रममा सेनाले हवाई तथा स्थलगत गस्तीसमेत गर्नेछ ।

सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले सेना पनि संवेदनशीलताका आधारमा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, ०७८’ अनुसार सेना निर्वाचनमा खटिएको बताए । ‘सेनालाई निर्वाचन अवधिभर के गर्ने भनेर ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, ०७८’ले स्पष्ट तोकेको छ । सोहीअनुसार सेना निर्वाचनमा खटिन्छ । सुरक्षा संवेदनशीलतालाई निर्वाचन आयोगले मतदान केन्द्रलाई वर्गीकरण गरेको छ । परिचालित हुँदा सेनाले यसलाई आधार मान्ने त छँदै छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago