पृथ्वीबहादुर शाहलाई चिन्दिनँ-अर्थमन्त्री

काठमाडौँ: नेपाल राष्ट्र बैंकबाट शंकास्पद रकम छुटाउन खोज्ने पृथ्वी बहादुर शाहलाई आफूले नचिनेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । `मन्त्रालयमा धेरै निवेदन आउँछन् । पृथ्वीबहादुरसँग मेरो कुनै नातागोता छैन । चिनेको पनि थिइनँ । मन्त्रालयमा रुँदै आएपछि मैले मन्त्रालयको सम्बन्धित निकायलाई बुझ्न भनेको हुँ’, अर्थमन्त्री शर्माले सोमबार पत्रकार सम्मेलनमा भने ।

सरकारले कानुन बमोजिम नै गभर्नरलाई निलम्बन गरेको उनले बताए । उनले घुमाउरो पारामा गभर्नरमाथि केही आरोप समेत लगाए । कर्जा प्रवाह लक्ष्यभन्दा बढी प्रवाह गर्दा पनि नियन्त्रण नगरेको, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न नसकेको, राष्ट्र बैंकका कतिपय विषय आफूलाई रिपोर्टिङ नगरिएकोजस्ता आरोप अर्थमन्त्रीले लगाए ।

उनले भने ‘गत वर्ष कर्जा प्रवाह १९ प्रतिशतको लक्ष्य रहेकोमा ३२ प्रतिशतसम्म पुग्यो, यसलाई समयमै नियन्त्रण गर्नुपर्ने आवश्यकता हो कि होइन । यो त अर्थ मन्त्रालयको काम होइन, राष्ट्र बैंककै काम हो ।’ त्यत्तिका ऋण गइसकेपछि पनि उत्पादनमा योगदान नपुगेको भन्दै उनले असन्तुष्टि जनाए । ‘हामीले त्यत्तिका ऋण कहाँ कहाँ लगानी गइरहेको छ भन्ने खोज्न प्रयत्न गरेका हौं, त्यो पाउन सकेनौं ।’ छानबिनको विषययलाई लिएर राष्ट्र बैंकसँग आरोप र प्रत्यारोपका रुपमा बुझ्न नहुने उनले बताए । गभर्नरमाथिको छानबिन कमिटीले आन्तरिक कुराहरु पछि बाहिर ल्याउने शर्माको भनाइ छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago