पृथ्वीबहादुर शाहलाई चिन्दिनँ-अर्थमन्त्री

काठमाडौँ: नेपाल राष्ट्र बैंकबाट शंकास्पद रकम छुटाउन खोज्ने पृथ्वी बहादुर शाहलाई आफूले नचिनेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । `मन्त्रालयमा धेरै निवेदन आउँछन् । पृथ्वीबहादुरसँग मेरो कुनै नातागोता छैन । चिनेको पनि थिइनँ । मन्त्रालयमा रुँदै आएपछि मैले मन्त्रालयको सम्बन्धित निकायलाई बुझ्न भनेको हुँ’, अर्थमन्त्री शर्माले सोमबार पत्रकार सम्मेलनमा भने ।

सरकारले कानुन बमोजिम नै गभर्नरलाई निलम्बन गरेको उनले बताए । उनले घुमाउरो पारामा गभर्नरमाथि केही आरोप समेत लगाए । कर्जा प्रवाह लक्ष्यभन्दा बढी प्रवाह गर्दा पनि नियन्त्रण नगरेको, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न नसकेको, राष्ट्र बैंकका कतिपय विषय आफूलाई रिपोर्टिङ नगरिएकोजस्ता आरोप अर्थमन्त्रीले लगाए ।

उनले भने ‘गत वर्ष कर्जा प्रवाह १९ प्रतिशतको लक्ष्य रहेकोमा ३२ प्रतिशतसम्म पुग्यो, यसलाई समयमै नियन्त्रण गर्नुपर्ने आवश्यकता हो कि होइन । यो त अर्थ मन्त्रालयको काम होइन, राष्ट्र बैंककै काम हो ।’ त्यत्तिका ऋण गइसकेपछि पनि उत्पादनमा योगदान नपुगेको भन्दै उनले असन्तुष्टि जनाए । ‘हामीले त्यत्तिका ऋण कहाँ कहाँ लगानी गइरहेको छ भन्ने खोज्न प्रयत्न गरेका हौं, त्यो पाउन सकेनौं ।’ छानबिनको विषययलाई लिएर राष्ट्र बैंकसँग आरोप र प्रत्यारोपका रुपमा बुझ्न नहुने उनले बताए । गभर्नरमाथिको छानबिन कमिटीले आन्तरिक कुराहरु पछि बाहिर ल्याउने शर्माको भनाइ छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago