काठमाडौँ: पकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग(नवाज) का अध्यक्ष शेहबाज सरिफ निर्वाचित भएका छन् । सोमबार पाकिस्तानी संसद्(नेसनल एसेम्बली) मा १७४ जनाले शेहबाजका पक्षमा भोट दिएका हुन् ।पाकिस्तान पिपल्स पार्टी(पीपीपी) को समेत समर्थनमा शेहबाज पाकिस्तानका २३औं प्रधानमन्त्री बनेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तेहरीक-ए-इन्साफ(पीटीआई) ले भने संसद् बहिष्कार गरेको छ। त्यस्तै पीटीआईका सांसदले सामूहिक राजीनामासमेत दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले ‘आयातित सरकार’ को विरोधमा राजीनामा दिने निर्णय गरेको हो ।

खानविरुद्ध विपक्षीले राखेको प्रस्ताव पारित भएसँगै आइतबारदेखि नै उनी प्रधानमन्त्रीबाट पदमुक्त भइसकेका थिए । पाकिस्तानको संसद् (राष्ट्रिय सभा) आइतबार मध्यरातमा भएको मतदानमा १७४ सांसद उनको विपक्षमा उभिए । ३४२ सदस्यीय पाकिस्तानी संसद्मा भएको मतदानमार्फत आफ्नो पद जोगाउन खानले कम्तीमा १७२ सांसदको समर्थन आवश्यक पर्थ्यो ।

नयाँ प्रधानमन्त्री शेहबाजले सन् २०२३ को अक्टोबरमा अर्को चुनाव नहुन्जेलसम्म सत्ता सम्हाल्नेछन् । शेहबाज पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । सत्ताबाट इमरान खानको बहिर्गमनसँगै पाकिस्तानभर पीटीआईका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago