हावाहुरीका कारण लाखौंको क्षति

धनकुटा: धनकुटामा हावाहुरीका कारण ११ घर र तीन वटा कृषि फर्ममा क्षति पुर्‍याउँदा लाखौंको नोक्सान पुगेको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार आएको हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङका ११ घरमा क्षति हुँदा १७ लाख १५ हजार क्षति भएको छ। क्षति पुगेका सबै घरका छाना उडाएको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए।

यस्तै चौबिसे गाउँपालिकाको मौनाबुधुकमा तीन वटा कृषि फर्ममा क्षति पुगेको छ । घटनास्थलमा सोमबार खटिएका प्रहरी, सशस्त्र प्रहरीको टोलीबाट क्षतिको विवरण प्राप्त भएको बताइएको छ । हावाहुरीका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण जिल्लाको चौबिसे गाउँपालिकास्थित मौनाबुधुकको तल्लो हमेलामा दुई दिनदेखि विद्युत अवरुद्ध भएको छ । तल्लो हमेला क्षेत्रमा प्रशारण हुने विद्युतको पोल भाँचिएका कारण विद्युत पूर्ण अवरुद्ध भएको विद्युत प्राधिकरणले जनाएको छ।

करिब आधा दर्जन पोल भाँचिएकाले मर्मत हुन केही समय लाग्ने प्राधिकरणले जनाएको छ । पोल ढुवानीमा समस्या रहेकोले मर्मत हुन केही दिन लाग्ने प्राधिकरण धनकुटाका कर्मचारी हेमचन्द्र थापाले बताए। हावाहुरीले धनकुटा नगरपालिका ८ को सान्ताङ, टेकुनाला तथा साँगुरीगढीको बुढीमोरङ लगायत स्थानमा समेत पोल भाँचिएर विद्युत अवरुद्ध भएको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago