काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो समयमा मर्मत नगरेको भन्दै स्थानीयले अवरोध गर्दा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवा अवरोध गर्नु कानुन विपरीत रहेको जनाएको हो ।

सिसडोल जाने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ फोहर व्यवस्थापन हुन सकेको थिएन ।
यसरी पटकपटक अत्यावश्यक सेवा बन्द गरिँदा समस्या उत्पन्न भएको भन्दै आगामी दिनमा फोहरमैलाको व्यवस्थित विसर्जन कार्यमा सहयोग गर्न पनि स्थानीयलाई सूचनामार्फत आग्रह गरिएको छ ।

आगामी दिनमा पनि यस्ता गतिविधि गरेको पाइए कानुनी कारबाही गरिने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा भनिएको छ । दश दिनपछि आजदेखि उपत्यकाको १८ स्थानीयको फोहर व्यवस्थापनको कार्य पुनः सुरु भएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै सरकाले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार २०७८/२/१७ गते प्रकाशित राजपत्रको दफा १४ मा फोहरमैला व्यवस्थापनलाई पनि आवश्यक सेवाभित्र राखेको जानकारी सूचनामा गराइएको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago