मनभित्रका कुरा- कवि: सुरेन्द्र चौहान

मनभित्रका कुरा- कवि: सुरेन्द्र चौहान

हेर्थेँ म झ्यालमा बसिकन सधै,वरपर सबै तिर
मन भने सारै नै त्यो बेला,हुने गर्दथ्यो अस्थिर।

केही गरे पनि सक्दैन थिएँ,यो मन बुझाउन पनि
त्यो बेला मन चञ्चल रहदा,हिडथेँ अल्लारे बनी।

मेरै कुटि निकट सानी सरिता,बग्दछिन जमिन मुनी
कुनै बखत दिक्क लाग्दा ,हिँडछु उनकै साथी बनी ।

आफ्नै कुटि शून्य लागिरहन्छ , बाला चिच्याए पनि
फगत मन भने सधै घुमिरहन्छ,बाहिर त्यसै फनफनी।

मानव अधिक असन्तोषी छ बुझदैन मन केही गरे
हरदम दु:ख मानी रोइरहन्छ,समस्या त्यसमा परे ।

नित्य अन्न जल पान गरिकन ढुक्क भइ यो बाँच्दछ
रत्तिभर नडराई निडर बनेर कालकै अगाडि नाच्दछ।

यहि बेला `टकटक´ आवाज ढोका छेउ पो गुन्जियो
मेरा भित्री मनका यी कुरा कसले किन पो सुन्थियो।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago