नेपाल मेरी आमा- कवि : सुरेन्द्र चौहान

नेपाल मेरी आमा- कवि : सुरेन्द्र चौहान

(१)

हेर्दै सुन्दर देखिन्छन् है,हिमाल पहाड तराई
सकल जन मिली बस्छ्न,कोहि छैन पराई ।
जगतकै मानव जातको , नेपाल दिव्य घाम
सन्तानलाई माया बाड्ने,नेपाल मेरी आमा ।

(२)

इच्छा छैन अमिर बनी, बिलासी भई बाच्ने
चाहना छ हाँसी खुसी, तिम्रै काखमा नाच्ने ।
सीता पनि सङीसङ,नाच्थिन लगाइ जामा
पोल्टाभरी दवाइ बोक्ने,नेपाल मेरी आमा ।

(३)

कालीलाई चोट लाग्दा,मेचीको मन दुखोस
मन दुखाइ रोइन् आमा,आँसु चाडै सुकोस ।
सारा संसार रमाइ रमाइ, हेर्छन हिमाल लाम
सन्तान हाँसे आफू हास्ने, नेपाल मेरी आमा ।

(४)

उच्च स्वरमा कराउथ्यौ , आज कता लागयौ
लुटिइरहिन नेपाल आमा, तिमी कता भाग्यौ ?
मातृभूमि भन्दा ठूलो , न तिमी हौ , न म
अन्न जल दिई हुर्काउने ,नेपाल मेरी आमा ।

(५)

वैरी आइ लुट्दै छ रे , कालापानी पनि
गए ज्यान जाओस् बरु,लड्छु साहासी बनी ।
माथी पट्टि सुन्दर ठाँउ छ,लिम्पियाधुरा नाम
एकता मै रमाइ हास्ने, नेपाल मेरी आमा ।

(६)

हावा पानी पनि चिसो,लिपुलेकमा पनि
आए अरे विस्तारवादी,लुट्छु भूमि भनी ।
भृकुटीले चीनमा पनि,राखी आइन नाम
स्वर्ग झै लाग्छ मलाइ,नेपाल मेरी आमा ।

(७)

रुप र गुणले भरिएको , स्वर्ग जस्तो नेपाल
बनाउनु छ मिलीकन,यही देशलाई विशाल ।
एक भइ जुटौ अब , उठौ काका मामा
मुटु भन्दा प्रिय लाग्छ , नेपाल मेरी आमा ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago