मेरा प्रेमपत्रहरु – कवि: सुरेन्द्र चौहान
न देख्न पाएँ न लेख्न पाएँ , प्रेमपत्र उन लाई
न उनी आइन न म गएँ , दु:खमा रुनलाई ।
हिउँलाई चुम्दै बहने हावा , खबर लगिदेउ
रोएर बस्ने मायालुलाई , नरुनु भनिदेउ ।
दौडेर कहिल्यै नथाक्ने नदि , गएर भनिदेउ
ढलेको शरीर जलेको आत्मा , मलम बनिदेउ ।
गर्जदै हिड्ने कराल मेघ , खबर भनिदेउ
दौडेको दौडेइ आउछ भनी , हुलाकी बनिदेउ ।
आकाशमा उड्ने ए कोइली चरी , खबर गरिदेउ
निराश बनी रोएको मनमा , आशातृण भरिदेउ ।
औशिका रातमा चम्कने चन्द्र , मायालु कहाँ जाउ
सपनामा हर्दम आउँछु भनी , खबर सुनाइ आउ ।
सिरसिर बहने बसन्ती हावा , अक्सिजन बन है
काल्पनिक डुङ्गा चडेर आउछु , उनलाई भन है ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…