श्री एयरलाइन्स पाँच जहाज थप्दै

काठमाडौँ –  निजी क्षेत्रको श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ। गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवर्द्धनको काम अघि बढाएको हो।

कम्पनीले अघिल्लो एकै महिनामा थप दुई थान नयाँ जहाज खरिद गरेको थियो। कम्पनीले पछिल्लो पटक ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो। योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्।

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरका अनुसार एयरलाइन्सले ५ वटा जहाज भित्र्याउने योजनाअन्तर्गत ८० सिट क्षमताका समान तीन जहाजमध्ये दुई वटा आइसकेको र बाँकी एउटा छिट्टै भित्र्याउने कम्पनीको योजना छ। ततपश्चात अन्य दुई जहाजको पनि खरिद प्रक्रिया अघि बढाइने छ।

‘हाम्रो जहाज थप्ने र बजार विस्तार गर्ने योजनाअनुरुप पाँच वटा जहाज खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका थियौँ, अनुमति मागेको मध्ये तीन वटा जहाज खरिद भइसकेको छ, दुई थान आइसके, बाँकी एक जहाज पनि छिट्टै नेपाल ल्याउदैछौँ’, प्रबन्धक मानन्धरले भने।

हाल उडान भइरहेका गन्तव्यमा उडान थप्ने, सुर्खेत र तुम्लिङटारमा नयाँ उडान सञ्चालन गर्ने कम्पनीको योजना छ। यसका लागि एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागिसकेको छ। परिस्थिति अनुकूल भएपछि उडान विस्तार गरिने कम्पनीको भनाइ छ।

शुरुमा हाल एकमात्रै उडान गरिरहेका गन्तव्यहरु सिमरा र जनकपुरमा उडान थपिनेछ। त्यसपछि नेपाजगञ्ज, धनगढी, भद्रपुरलगायत गन्तव्यमा उडान थपिने एयरलाइन्सले जनाएको छ।

श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे) दुई थान जहाजमार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago