राष्ट्रिय सहमतिमै एमसीसी पारित गराउने प्रधानमन्त्री देउवाको कसरत

काठमाडौं: अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता माघभित्रै पारित गर्ने तयारी थालिएको छ । प्रधानमन्त्रीको जोडबलमा एमसीसी संसदबाट अघि बढ्ने निश्चित भएको छ ।

एमसीसी सम्झौतामा प्रश्न उठाउँदै विरोध गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गृहमन्त्री बालकृष्ण खाणले कन्भिन्स गराएका छन् ।

पछिल्ला दिनमा खाणको सक्रियताको परिणाम प्रचण्ड-माधव एमसीसीमा क्लियर भएका छन् । राष्ट्रिय सहमतिमै एमसीसी पारित गराउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीको पनि साथ खोजेका छन् । ओलीले पनि एमसीसी पारित गराउन सघाउने गरी ग्रिन सिग्नल दिएका छन् ।

ओलीलाई कन्भिन्स गर्न सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की बालकोट पुगेका थिए । प्रधानमन्त्री देउवाले सदनको अवरोध हटाउनको लागि सुरुदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरिरहेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर कांग्रेस र एमालेबीच दुरी कम भैरहेको छ ।

एमालेले कांग्रेसले पहिले एमसीसीबारे आफ्नो पोजिशन क्लियर गरोस भनेर भनिरहेको छ । प्रधानमन्त्री देउवाले गत पुस २४ गते एमाले अध्यक्ष ओलीसँग उनकै निवास बालकोट पुगेर भेटेका थिए ।

सत्ता र प्रतिपक्ष सबैबाट ग्रिन सिग्नल पाएपछि प्रधानमन्त्री देउवाले आउँदो संसद बैठकमा एमसीसी सम्झौता पेश गर्ने तयारी गरेका छन् । एमसीसीमा सभामुख बाधक बने महाभियोग लगाएर हटाउने तयारी छ । सभामुखसँग एमाले पनि चिढिएको छ । महाभियोगमा साथ दिने भनिसकेको छ ।

सभामुखलाई महाभियोग लगाएर भए पनि अब बस्ने प्रतिनिधिसभाको बैठकमा नै एमसीसी प्रस्ताव टेबुल गर्ने सरकारको तयारी छ । यसमा एमालेले पनि ग्रिन सिग्नल दिएको चर्चा छ । एमसीसी अघि बढाउन सभामुख बाधक भए उनलाई महाभियोग लगाएर भए पनि हटाउने भित्री तयारी भैरहेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago