रेसुङ्गा विमानस्थलबाट आगामी बैशाखसम्म उडान गर्ने गरी काम अगाडी बढाइएको

गुल्मी: गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट आगामी बैशाखदेखि नियमित उडान गर्ने गरी तयारी अगाडी बढेको छ । पछिल्लो समयमा बिमानस्थलका अन्तिम चरणका टर्मिनल भवन र धावन मार्गको काम सम्पन्न हुन थालेको छ ।

अब गुल्मेली जनतामा जहाज चढने आशा पलाएको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौरमा निर्माणधिन रेसुङ्गा विमानस्थलबाट आगामी बैशाखसम्म उडान गर्ने गरी काम अगाडी बढाइएको छ ।

विमानस्थलको टर्मिनल भवन र धावन मार्ग कालोपत्रे गर्ने काम अबको एक हप्तामा सकिन लागेको हो । विमानस्थलको धावन मार्ग र टर्मिनल भवनको काम सकिए लगत्तै कार्यालय व्यवस्थापनको काम बाँकी रहने रेसुङ्गा निमानस्थलका आयोजना प्रमुख सन्जीव खड्काले बताए ।

विमानस्थलबाट टुइनेटर विमानस्थल यस यहाँबाट उडान हुनेभएकाले नियमित उडानगर्नतर्फ अब हाम्रो ध्यान अगाडी बढेको रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताए । यहाँबाट नियमित उडान गर्नका लागि बिभिन्न एअरलाइन्स कम्पनीसँग छलफल भइरहेको अर्यालको भनाई छ । उनले गत वर्षको मंसिरदेखि नै एअरलाइन्स कम्पनीले उडान गर्नका लागि इच्छुक भएको बताए । अब यहाँको सम्पूर्ण काम पुरा भएपछि नियमित उडान गर्नका लागि छलफल अगाडी बढाउने उनले बताए ।

यस विमानस्थलबाट तत्काल टुइनेटर विमानबाट सेवा दिइने बताए । विमानस्थललाई ठूला जहाज उडान गराउनको लागि पनि राज्यबाट थप लगानी गरेर बिस्तार गर्न पनि सकिने अर्यालको भनाई छ । भविश्यमा व्यवसायिक सफला भए त्यसतर्फपनि ध्यान दिने अर्यालले बताए । विमानस्थलसम्म आउने मोटरबाटो स्तरउन्नती, कालोपत्रे लगायतका कामहरुमा पनि ध्यान दिएको अर्यालले बताए ।

अब प्राबिधिक समस्या नआए बैशाखबाट विमानस्थल सञ्चालनमा ल्याउने अर्यालले बताए रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो । धावन मार्गको निर्माणको कार्य लागि ७ करोड ५ लाख रुपैयाँ लागत रहेको छ । कालोपत्रे गर्ने काम बि एण्ड डी निर्माण काम्पनीले काम गरिरहेको छ । टर्मिनल भवनको ४ करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ ।

विमानस्थलको हालसम्म २४ करोड बढि रकम खर्च भएको रेसुङ्गा निमानस्थलका आयोजना प्रमुख खड्काले बताए । २०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेपनि २०७२ साल पछि बल्ल निर्माणको कामले निरन्तरता पाएको हो । विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ । कुल १७८ रोपनी जग्गामा बिमानस्थलको एरिया छ ।

जसमध्ये ७८ रोपनी जग्गा व्यक्तिको र बाँकी जग्गा सार्वजनिक रहेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । रेसुङ्गा विमान स्थलका कारण १४ घर विस्थापती भएका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago