रेसुङ्गा विमानस्थलबाट आगामी बैशाखसम्म उडान गर्ने गरी काम अगाडी बढाइएको

गुल्मी: गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट आगामी बैशाखदेखि नियमित उडान गर्ने गरी तयारी अगाडी बढेको छ । पछिल्लो समयमा बिमानस्थलका अन्तिम चरणका टर्मिनल भवन र धावन मार्गको काम सम्पन्न हुन थालेको छ ।

अब गुल्मेली जनतामा जहाज चढने आशा पलाएको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौरमा निर्माणधिन रेसुङ्गा विमानस्थलबाट आगामी बैशाखसम्म उडान गर्ने गरी काम अगाडी बढाइएको छ ।

विमानस्थलको टर्मिनल भवन र धावन मार्ग कालोपत्रे गर्ने काम अबको एक हप्तामा सकिन लागेको हो । विमानस्थलको धावन मार्ग र टर्मिनल भवनको काम सकिए लगत्तै कार्यालय व्यवस्थापनको काम बाँकी रहने रेसुङ्गा निमानस्थलका आयोजना प्रमुख सन्जीव खड्काले बताए ।

विमानस्थलबाट टुइनेटर विमानस्थल यस यहाँबाट उडान हुनेभएकाले नियमित उडानगर्नतर्फ अब हाम्रो ध्यान अगाडी बढेको रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताए । यहाँबाट नियमित उडान गर्नका लागि बिभिन्न एअरलाइन्स कम्पनीसँग छलफल भइरहेको अर्यालको भनाई छ । उनले गत वर्षको मंसिरदेखि नै एअरलाइन्स कम्पनीले उडान गर्नका लागि इच्छुक भएको बताए । अब यहाँको सम्पूर्ण काम पुरा भएपछि नियमित उडान गर्नका लागि छलफल अगाडी बढाउने उनले बताए ।

यस विमानस्थलबाट तत्काल टुइनेटर विमानबाट सेवा दिइने बताए । विमानस्थललाई ठूला जहाज उडान गराउनको लागि पनि राज्यबाट थप लगानी गरेर बिस्तार गर्न पनि सकिने अर्यालको भनाई छ । भविश्यमा व्यवसायिक सफला भए त्यसतर्फपनि ध्यान दिने अर्यालले बताए । विमानस्थलसम्म आउने मोटरबाटो स्तरउन्नती, कालोपत्रे लगायतका कामहरुमा पनि ध्यान दिएको अर्यालले बताए ।

अब प्राबिधिक समस्या नआए बैशाखबाट विमानस्थल सञ्चालनमा ल्याउने अर्यालले बताए रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो । धावन मार्गको निर्माणको कार्य लागि ७ करोड ५ लाख रुपैयाँ लागत रहेको छ । कालोपत्रे गर्ने काम बि एण्ड डी निर्माण काम्पनीले काम गरिरहेको छ । टर्मिनल भवनको ४ करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ ।

विमानस्थलको हालसम्म २४ करोड बढि रकम खर्च भएको रेसुङ्गा निमानस्थलका आयोजना प्रमुख खड्काले बताए । २०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेपनि २०७२ साल पछि बल्ल निर्माणको कामले निरन्तरता पाएको हो । विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ । कुल १७८ रोपनी जग्गामा बिमानस्थलको एरिया छ ।

जसमध्ये ७८ रोपनी जग्गा व्यक्तिको र बाँकी जग्गा सार्वजनिक रहेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । रेसुङ्गा विमान स्थलका कारण १४ घर विस्थापती भएका थिए ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago