पोखरा विश्वविद्यालय र नेपाल बैंक बिच बैंकिङ सेवा प्रदान गर्ने विषयमा सम्झौता

काठमाण्डौ: नेपाल बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने भएको छ।

बैंकिङ सेवा प्रदान गर्ने विषयमा बैंक र पोखरा विश्वविद्यालयबीच फागुन १९ गते पोखराको लेकसाइडमा आयोजित एक कार्यक्रमबीच सम्झौता भएको हो। सम्झौतापत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट राजिस्टार डा. दीपकबहादुर भण्डारी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौताअन्तर्गत बैंकले पोखरा विश्वबिद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक, शिक्षक र कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गर्नेछ। बैंकले भिसा डेबिट कार्ड निःशुल्क उपलब्ध गराइने, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ रजिस्ट्रेसन निःशुल्क उपलब्ध गराउनेछ।

बैंकको लकर भाडामा २५% र जुनसुकै प्रकारको कर्जा लिँदा सेवा शुल्कमा २५% छुट प्रदान गरिने सम्झौता भएको छ।

यसैगरी डिम्याट, सी–आस्बा, मेरो सेयर रजिस्ट्रेसन सुविधा पनि बैंकले निःशुल्क उपलब्ध गराउनेछ। कर्मचारीलाई क्रेडिट कार्डको सुविधा प्रदान गर्नेलगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंककै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा बिना कुनै शुल्क तत्कालै ट्रान्सफर गरिने, विश्वविद्यालयको आवश्यकताअनुसार विश्वविद्यालय परिसरमा एटीएम मेसिन, बैंक काउन्ट र शाखा स्थापना गरी बैंकले सेवा प्रदान गर्नेलगायत विविध बैंकिङ सेवा एवं सुविधाहरु उपलब्ध गराउनेछ।

सीईओ अधिकारीले नेपालको पहिलो बैंक र विश्वविद्यालयबीचको सम्झौताले दुवैलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले नेपाल बैंक पहिलो र भरपर्दो भएकाले हस्ताक्षर गरिएको उल्लेख गर्दै विश्वविद्यालय र बैंकलाई अझ व्यावसायिक उचाइमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने बताए।

बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्झौतालाई ऐतिहासिक रुपमा लिएको भन्दै आर्थिक कारोबारका रुपमा नेपाल बैंकलाई छनोट गरेको भन्दै विश्वविद्यालयलाई धन्यवाद दिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका प्रमुख डा. रामशरण खरेल, बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकी, विश्वविद्यालयका पदाधिकारी, बैंकका कर्मचारीहरुको समेत सहभागिता थियो।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago