काठमाण्डौ: युक्रेन र रुसको द्वन्द्वका कारण अस्थिर जस्तै बनेको विश्व सेयर बजार शुक्रबार पुनः भारी गिरावट आएको छ।
रुस र युक्रेनको द्वन्द्वले नयाँ मोड लिएको छ। रुसले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो न्युक्लियर पावर प्लान्टमा मिसाइल आक्रमण गरी ध्वस्त पारेको छ। योसँगै डाउ जोनमा ५०० अंकको गिरावट आएको छ। यो सूचक ३३४६२ मा कारोबार भइरहेको छ। एस एन्ड पी ५०० र नास्डक पनि गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
यो समचार तयार पार्दासम्म एसियन डाउ ६४ अंकले र निक्की–२२५ ६०० अंकले ओरालो लागेका छन्। भारतीय सेयर बजारमा पनि भारी गिरावट आएको छ। सेन्सेक्समा ७०० अंकको पहिरो गएको छ।
विश्व सेयर बजार ओरालो लाग्न थालेपछि लगानीकर्ता सुरक्षित लगानीतर्फ आकर्षित भएका छन्। जसका कारण अन्तर्राष्ट्रिय सेयर बजारमा सुनको मूल्य र तेलको मूल्यले उकालो लागेको छ। –एजेन्सी
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…