पोखरा विश्वविद्यालय र नेपाल बैंक बिच बैंकिङ सेवा प्रदान गर्ने विषयमा सम्झौता

काठमाण्डौ: नेपाल बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने भएको छ।

बैंकिङ सेवा प्रदान गर्ने विषयमा बैंक र पोखरा विश्वविद्यालयबीच फागुन १९ गते पोखराको लेकसाइडमा आयोजित एक कार्यक्रमबीच सम्झौता भएको हो। सम्झौतापत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट राजिस्टार डा. दीपकबहादुर भण्डारी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौताअन्तर्गत बैंकले पोखरा विश्वबिद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक, शिक्षक र कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गर्नेछ। बैंकले भिसा डेबिट कार्ड निःशुल्क उपलब्ध गराइने, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ रजिस्ट्रेसन निःशुल्क उपलब्ध गराउनेछ।

बैंकको लकर भाडामा २५% र जुनसुकै प्रकारको कर्जा लिँदा सेवा शुल्कमा २५% छुट प्रदान गरिने सम्झौता भएको छ।

यसैगरी डिम्याट, सी–आस्बा, मेरो सेयर रजिस्ट्रेसन सुविधा पनि बैंकले निःशुल्क उपलब्ध गराउनेछ। कर्मचारीलाई क्रेडिट कार्डको सुविधा प्रदान गर्नेलगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंककै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा बिना कुनै शुल्क तत्कालै ट्रान्सफर गरिने, विश्वविद्यालयको आवश्यकताअनुसार विश्वविद्यालय परिसरमा एटीएम मेसिन, बैंक काउन्ट र शाखा स्थापना गरी बैंकले सेवा प्रदान गर्नेलगायत विविध बैंकिङ सेवा एवं सुविधाहरु उपलब्ध गराउनेछ।

सीईओ अधिकारीले नेपालको पहिलो बैंक र विश्वविद्यालयबीचको सम्झौताले दुवैलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले नेपाल बैंक पहिलो र भरपर्दो भएकाले हस्ताक्षर गरिएको उल्लेख गर्दै विश्वविद्यालय र बैंकलाई अझ व्यावसायिक उचाइमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने बताए।

बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्झौतालाई ऐतिहासिक रुपमा लिएको भन्दै आर्थिक कारोबारका रुपमा नेपाल बैंकलाई छनोट गरेको भन्दै विश्वविद्यालयलाई धन्यवाद दिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका प्रमुख डा. रामशरण खरेल, बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकी, विश्वविद्यालयका पदाधिकारी, बैंकका कर्मचारीहरुको समेत सहभागिता थियो।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago