नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो ।

रिक्त पदका लागि माग गरिएको आवेदनमा कार्की सहित ११ जनाले आवेदन दिएका थिए । छनोट समितिले कार्की सहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरेको हो । सोही मध्येबाट मन्त्रिपरिषदको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

नेप्से पछिल्लो ६ महिनादेखि नेतृत्त्वविहिन अवस्थामा थियो । पदबाट चन्द्र सिंह साउदले २०७८ भदौ ८ गते राजिनामा दिएका थिए । प्रिमियम मुल्यमा आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा खरीद गरिएको सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिएका थिए।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago