काठमाडौं: बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली भएर पानी र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मङ्गलवार विशेष बुलेटिन निकालेर भोलि रातिदेखि देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनुका साथै वाग्मती, प्रदेश १, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात र तराईका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
भोलि रातिदेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने भएकाले देशका धेरै ठाउँको मौसम बदली भएर कतै पानी पर्ने र हिमपात हुने भएको हो । यो प्रणालीको प्रभाव शनिवारसम्म रहने महाशाखाले जनाएको छ ।
आउँदो आइतवारदेखि क्रमिक रूपमा मौसम सुधार हुनेछ । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…