पाल्पा– पछिल्लो समय भारतवाटको अवैधबाटो हुँदै सामान भित्रीने क्रम जारी छ । भारतको अवैधबाटो हुँदै यस्ता सामानहरु बेच्ने गिरोहहरु पाल्पाको गाउँ गाउँसम्म आउने र स्थानीयलाई ठग्ने गरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । यस्तै अवैध रुपमा भन्सार छलेर भित्रिएका १ सय थान कुर्ता सुरुवाल अनुसन्धानको लागी भन्सार पठाइएकाे छ । तिनाउँ ३ पौठेडाँडामा बोरामा राखिएको बेवारिसे सामान कपडा जस्तो देखिएपछि प्रहरीलाई खबर भएको थियो ।
घटना स्थलमा प्रहरी पुगेर हेर्दा सेतो बोरामा ५० थान र निलो बोरामा ५० थान गरी १ सय थान कुर्ता सुरुवाल फेला परेको प्रहरीले जनाएको छ । फेला परेका सामान नियन्त्रणमा लिई अनुसन्धानको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्त विरेन्द्र थापाका अनुसार दुवै बोरामा अनुमानित ८० हजार बराबरको सामान रहेकाे छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…