रेखा थापा,मोरङबाट चुनाव लड्ने तयारीमा

विराटनगर – अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार सिफारिस भएकी छन् । उनी मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय छिन् ।

राप्रपाले उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको छ । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र नम्बर ६ मा पनि उनी उम्मेदवार बन्ने चर्चा छ । यद्यपि उनी उम्मेदवार बन्ने निर्वाचन क्षेत्रको टुंगो लागिसकेको छैन । नेकपा एमालेसँग तालमेल भए मात्रै रेखा थापा उम्मेदवार बन्ने उनी निकटहरु बताउँछन् ।

मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेको संगठन बलियो छ । स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ३ मा पर्ने चारवटा पालिकाको प्रमुख एमालेले जितेको छ । सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भानुभक्त ढकाल उम्मेदवार बन्ने तयारीमा छन् ।

२०७४ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार सुनिल शर्मालाई झिनो मतान्तरले पराजित गरेका ढकाललाई त्यसबेला ‘टुरिष्ट उम्मेदवार’को ट्याग लागेको थियो । टुरिष्ट उम्मेदवारको ट्याग मेट्न उनले सुन्दरहरैचा नगरपालिकाको खोर्सानेमा एक तले घर बनाएका छन् ।

एमालेबाट क्षेत्र नम्बर ६ मा पूर्व मन्त्री लालबाबु पण्डित दाबेदार छन् । पण्डित दाबेदार भएपनि क्षेत्र नम्बर ६ मा एमालेको संगठन कमजोर छ । ‘तालमेल भयो भने एमालेले क्षेत्र नम्बर ६ राप्रपालाई छाड्न सक्छ’, एमालेका एक नेताले भने, ‘क्षेत्र नम्बर ३ छोडन सकिन्न, क्षेत्र नम्बर ६ राप्रपालाई छाड्नुपरे पण्डित कमरेड समानुपातिक सूचीमा बस्नुहुन्छ ।’

मोरङ क्षेत्र नम्बर–६ मा सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता डा. शेखर कोइराला उम्मेदवार बन्ने लगभग निश्चित छ । २०७४ सालको निर्वाचनमा उनी एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका थिए ।

राप्रपा नेता थापा आफू चुनाव लड्न तयार रहेको बताउँछिन् । मोरङको क्षेत्र नम्बर ३ बाट आफ्नो नाम सिफारिस भएको बताउँदै उनले गठबन्धन भए अन्य क्षेत्रबाट पनि उम्मेदवार बन्न सक्ने बताइन् । ‘मोरङ मेरो घर हो’, थापाले भनिन्, ‘मोरङको जुन क्षेत्रबाट पनि उम्मेदवार बन्न तयार छु ।’

नेकपा एमाले केन्द्रीय सदस्य विनोद ढकाल रेखा थापा उम्मेदवार बन्ने चर्चा सुनेपनि तालमेलका विषयमा जानकारी नभएको बताउँछन् । ‘माथिल्लो तहबाट केही कुरा भएको छ भने जानकारी भएन्,’ उनले भने,‘ रेखा थापा उम्मेदवार बन्ने कुरा हिजोबाट सुन्दैछु ।’

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago