पाल्पा – लुम्विनी मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम सञ्चालन भएकाे छ । तानसेन नगरपालिका र लुम्विनी मेडिकल कलेजका बीचमा सम्झौता भएपछि कार्यक्रम सञ्चालन भएको हो । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र लुम्वनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गाेपाल पाेखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएकाे छ । लुम्विनी मेडिकल कलेज प्रभासमा गर्भवती महिलालाई सुत्केरी सेवा निशुल्क प्रदान हुनेछ ।
यो कार्यक्रम सञ्चालन भएपछि गर्भवती महिलाले सुत्केरी हुँदा अस्पतालमा सबै खालको सेवा निशुल्क पाउने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । यस्तै अस्पतालमा सुत्केरी हुन आएको यातायात खर्च, गर्भवती जाँचको खर्च समेत सुत्केरीले पाउने उहाँले बताउनुभयो । दुई वर्षदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन नहुँदा सुत्केरी महिलाले अस्पतालमा सुत्केरी खर्चवापत चर्को मुल्य तिर्न बाध्य भएका थिए । सरकारले सुत्केरी सेवावापत दिदैँ आएको रकम कम भएको भन्दै सेवा नदिने निर्णय लुम्विनी मेडिकल कलेजले गरेको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…