होली बिशेष साहित्यिक कार्यक्रम सम्पन्न

लक्ष्मण न्यौपाने ,सिकागो, यू एस ए

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा रंगहरुको पर्व, होली संगै ‘होली विशेष साहित्यिक कार्यक्रम’ को आयोजना गरेको थियो।

नेपाली भाषा, साहित्यको संरक्षण र संवर्धनको महान अभियान बोकेर अघि बढिरहेको यस संस्थाले नेपालका चाडपर्वहरू विशेष एवं विभिन्न विशिष्ट साहित्यकारहरूका जन्म-जयन्तीहरु लगायत कार्यशाला सर् तथा विभिन्न कार्यक्रमहरु गर्दै आएको सर्वविदित नै छ र यस पाली भने अमेरिका तथा क्यानाडा भरिका अ ने सा स च्याप्टर हरुलाई समेटेर होली विशेष साहित्यिक रचना वाचन कार्यक्रमको आयोजना भएको थियो।

अमेरिका तथा क्यानाडा गरी २२ च्याप्टरहू मध्यबाट १७ च्याप्टरहरूका झण्डै 35 जना सर्जकहरूको सहभागिता रहेको यो संयुक्त र बिशेष कार्यक्रम अ ने सा स उतर अमेरिका क्षेत्रीय समितिका यो छैठौ संयोजन थियो। कार्यक्रममा बिओटी उपाध्यक्ष एवं पुर्ब केंद्रीय अध्यक्ष पदम विश्वकर्मा, बिओटी उपाध्यक्ष पुरु सूबेदी , केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष गोवर्धन पुजा , केन्द्रीय उपाध्यक्ष एवं अ ने सा स उतर अमेरिका क्षेत्रका संयोजक राजेन्द्र श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष कृष्ण गिरी, केन्द्रीय सदस्य तारा अधिकारी लगायतका उपस्थित हुनुहुन्थ्यो भने विभिन्न च्याप्टरहरु बाट प्रतिनिधित्व गर्दै भगवती पौडेल , चम्पा भट्टराई पाण्डे , उमा शर्मा , गिता बस्नेत, लाल चौलागाई ,गीता बजगाई , रीता देबी प्रधान ,शकुन ज्ञवाली , जानुका वोस्ती ढकाल , शान्ता अधिकारी, साधना शर्मा, दीप कार्की , अमर बहादुर कार्की , , तिलक कार्की , लक्ष्मण न्यौपाने ,समुद्र बास्कोटा, तिल रूपा आचार्य, ट्रस्टी सदस्य तीर्थराज अधिकारी तथा ईश्वर बगाले लगायतका विभिन्न च्याप्टरका पदाधिकारी एवं सर्जकहरु सहभागी थिए।

कार्यक्रममा अधिकांश रचनाहरु होली पर्वलाई समेटेर लेखिएका थिए र रचनाहरुमा जसै जसै नेपाली चाडपर्वहरु आउँछन् प्रदेशीलाई जन्मभूमि, मातृभूमिबाट टाढा रहेको पिड़ा , पर्वमा छुटेका मीठा सम्झनाहरु, भावनाहरु समेटिएका थिए भने केहि अन्य विषयमा रचिएका मिठा कविता, गीत, गजल, मुक्तक प्रस्तुत भएका थिए। झण्डै 3 घण्टा लामो यस रचना वाचन कार्यक्रम निकै मधुर्यताका साथ र श्रृंखला वद्द रूपमा सम्पन्न भएको थियो।

कार्यक्रममा आफ्नो रचना बाचन संगै बिओटी उपाध्यक्ष पदम विश्वकर्माले यस्ता कार्यक्रमहरूको आयोजनाले साहित्यिक विकाश सँगसँगै च्याप्टरहरू बीचको सम्बन्ध एवं च्याप्टर र केन्द्रबीचको सम्बन्धमा निकटता ल्याउन विशेष भूमिका खेल्ने हुदा आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजना हुनुपर्ने कुरामा विशेष जोड दिदै होली पर्बको सबैमा शुभकामना ब्यत गर्नु भयों ।

संयोजक, राजेन्द्र श्रेष्ठ द्वारा संचालन गरिएको उक्त कार्यक्रममा सबै उपस्थित सहभागी हरूलाई पदीय आसण ग्रहण मात्र गराएर नौलो र सरल पाराले अघि बढाइएको उक्त कार्यक्रम गोर्खाली भ्वाईस अनलाइन मिडियाले आफ्नो फेसबुक एवं यू-टुब च्यानल मार्फ़त प्रत्यक्ष प्रशारण गरेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago