सुनसान बन्दै तानसेन, निषेधाज्ञा अवधिमा के खुल्छ के खुल्दैन

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेपछि सदरमुकाममा बस्नेहरु गाउँ फर्किन थालेका छन । कोभिड – १९ ले महामारीले पाल्पामा तिब्ररूप लिन थालेपछि रोकथामका लागी वैशाख १७ गते राती १२ः०० बजेबाट लागु हुने गरी एक साताको लागि निषेधाज्ञा लागू हुँदैछ । जसका कारण सदरमुकाम तानसेनमा शिक्षा तथा कामको सिलसिलामा बसोबास गर्नेहरु आफ्नो गाउँघर फर्किन थालेका छन ।

घर फर्किने क्रम बढेसङ्गै तानसेन बजार अहिले सुनसान हुन थालेको छ । गाउँ फर्किन थालेपछि तानसेन बजार सुनसान बन्न लागेको हो । कोरोना संक्रमण नियन्त्रण हुन लागेपछि बजारमा केही चहलपहल हुन लागेको थियो । बजारमा किनमेल गर्नेहरु र घुमघाम गर्नेहरु बढ्दै थिए । होटल ब्यवसाय केही फस्टाउदै थिए । पछिल्लो समयमा कोरोनाको दोश्रो लहर निकै आक्रमक रुपमा फैलिदैगर्दा धेरै ब्यवसाय प्रभावित हुन पुगेका छ ।

अत्यावश्यक काम बाहेक निषेध
निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन पाइने छैन । सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद संचालन गर्न निषेध हुनेछन । यस्तै एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यांस, पेट्रोलियम पदार्थ , निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ सामग्री बोकेका सवारी साधनहरू, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचयपत्र वाहक संचारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरुको संचालन हुने छैनन । तर पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनहरु पाल्पा जिल्लामा यात्रु ओराल्न र चढाउन नपाउने गरी संचालन गर्न दिने । सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नांचघर, क्लव, फुटसल, जिमखाना, व्युटी पार्लर, शैलुन, सुनचांदी पसल, टेलरिङ्ग, फुटपाथ पसलहरु लगायतका सेवा एवं स्थलहरु संचालन हुने छैनन । तर होटल तथा रेष्टुरेन्टहरुले विहान ६.०० वजेबाट ११.०० वजेसम्म मात्र टेक अवे सेवा संचालन गर्न सक्नेछन ।

संस्कारका काममा प्रतिबन्ध
मठ मन्दिरहरु तथा विभिन्न धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पुजा वाहेक अन्य सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधीहरु संचालन हुनेछैनन । विवाह, व्रतवन्ध एवम अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै संचालन गर्नुपर्ने र त्यस्ता कार्यक्रममा सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई २५ जना भन्दा बढी सहभागि हुन पाइने छैन ।

आंसिकरुपमा खुला
औषधी एवम स्वास्थ सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने छन । अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा १ पटकमात्र विहान ६.०० वजेबाट ११.०० वजेसम्म मात्र संचालन गर्न पाउनेछन । स्वास्थ सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवा बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायहरुबाट प्रदान गरिने सवै प्रकारका सेवाहरु बन्द हुनेछन ।

क्वारेन्टाइन र आइसोलेसन ब्यवस्थापन
हाल विद्यालयहरु बन्द रहेको हुदा पहिले स्थापना गरिएका क्वारेनटाइन तथा आइसोलेसन स्थलहरुलाई सम्बन्धित स्थानीय तहहरुले पुन : संचालनमा ल्याउने र विदेशबाट आउने व्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहहरुले कम्तीमा १० दिन क्वारेन्टाइनमा राख्ने बन्दोवस्त मिलाउनुपर्नेछ । सवै स्थानीय तहको प्रत्येक वार्डस्तरमा सम्बन्धित वार्ड अध्यक्षको संयोजकत्वमा कोभिड १९ को संक्रमण रोकथाम, व्यवस्थापन, सहजीकरण, समन्वय तथा निगरानीका लागि देहाय बमोजिमको कार्य समूह बनाउने । जसको संयोजक वार्ड अध्यक्ष, सम्बन्धित स्थानीय तह प्रमुख , स्थानीय स्वास्थ चौकी सदस्य प्रमुख, स्थानीय प्रहरी चौकी प्रमुख, वार्डस्तरमा क्रियाशील राजनीतिक दलहरु प्रतिनिधि, रेडक्रस उपशाखा सदस्य महिला स्वास्थ स्वयं सेविका वार्ड सचिव सदस्य सचिव रहने छन । उक्त समूहले नमूना परीक्षणमा संक्रमण देखा परेका व्यक्तिहरुको सूचना लिइ उनीहरुलाई होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने, स्वास्थमा जटिलता देखा परेका विरामीहरुलाई स्वास्थ चौकी वा अस्पतालसम्म लैजाने व्यवस्था मिलाउने, अन्तराष्ट्रिय सीमा नाकामा रहेका होल्डिङ्ग सेन्टरमा रहेका व्यक्तिहरुलाई स्थानीय तहमा रहेका क्वारेन्टाइनसम्म ल्याउने व्यवस्था मिलाउने, नमूना परीक्षणमा संक्रमण देखा परेका व्यक्तिहरु होम आइसोलेसनमा बसे नबसेको वा समुदायमा अन्य व्यक्तिसंग घुलमिल गरे नगरेको निगरानी राख्ने, कोभिड १९ को व्यवस्थापन र सहजीकरणमा आवश्यक पर्ने विषयमा स्थानीय प्रशासन लगायत अन्य निकायमा समन्वय गर्ने, एम्वुलेन्सहरु तयारी हालतमा राख्ने साथै एम्वुलेन्सहरुलाई कोभिड मैत्री बनाउने, स्वास्थ कार्यालयले प्रत्येक दिनको स्वाव परीक्षणको नतिजाको नाम, ठेगाना र फोन नम्बर सहितको विवरण स्थानीय तहका स्वास्थ संयोजक मार्फत सोही दिन सम्बन्धित वार्ड अध्यक्ष तथा कार्य समूहका सवै सदस्यसम्म अनिवार्य रुपमा पुर्याउने व्यवस्था मिलाउने कार्य गर्नुपर्नेछ ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago