हवाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

काठमाडौँ, १६ वैशाख । निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् ।

सांकेतिक तस्बिर फाइल फोटो

विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो । यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्र लागू हुने जनाइएको छ ।

हवाई यात्रुले वैधानिक हवाई टिकट÷पासपोर्ट÷भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्नेछन् । यसका लागि सवारी साधनको सुविधा आवश्यक भएमा प्रिपेड ट्याक्सी बोलाउन सकिने छ । विमानस्थल कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् । उक्त प्रयोजनका निम्ति सम्बन्धित ट्याक्सीको फोन नम्बरसमेत विमानस्थल कार्यालयले सार्वजनिक गरेको छ । यो सुविधा दुवैतर्फका यात्रुले पाउने छन् । कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारले आजदेखि राजधानी काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू गरेको छ । यसक्रममा मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान भने नियमित सञ्चालन गर्ने निर्णय गरिएको छ ।

विमानस्थलको निर्णयबाट यात्रु तथा एयरलाइन्सलाई निकै राहत भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयर र यती एयरका अधिकारीले निषेधाज्ञाको पहिलो दिन यात्रु विमानस्थलसम्म लैजान सहजीकरण भएको बताए । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला र बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विमानस्थलसम्म यात्रु आवतजावत गर्न पहिलो दिन खासै समस्या नभएको जानकारी दिनुभयो । आज दिनभर आन्तरिक तथा अन्तरराष्ट्रिय उडान भए । विमानस्थल कार्यालयको विवरणमा बुधबार आन्तरिकतर्फ सर्वाधिक १५ हजार २६३ यात्रु आवतजावत गरेका छन् । त्यसअघि मङ्गलबार १२ हजार २५१ यात्रुले सेवा लिएका थिए । विगत दुई दिनको तुलनामा आज उडान सङ्ख्या करिब आधा मात्रै हुने विमानस्थलले तालिका निर्धारण गरेको छ । सरकारी निर्णयअनुरुप हवाई सेवा प्रदायक कम्पनीले निषेधाज्ञाका बीच आन्तरिक उडान सञ्चालन गरिरहेका छन् । अन्तरराष्ट्रियतर्फ पनि नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago