१५ माघ, काठमाडौं । सावित्रा भण्डारी साम्बाको ह्याट्रिक मद्दतमा एपीएफले महिला राष्ट्रिय लिगमा लगातार चौथो जित हात पारेको छ।
बिहीबार भएको विभागीग डर्बी भिडन्तमा एपीएफले नेपाल पुलिसलाई ३–० ले पराजित गरेको हो। लिगमा सावित्राको यो तेस्रो ह्याट्रिकहो।
सावित्राले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरिन् । खेलको ३२ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दैएपीएफलाई अग्रता दिलाएकी हुन् ।
५६ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफले २–० को अग्रता बनायो। ८५ औं मिनेटमा तेस्राे गोल गर्दै सावित्रालेह्याट्रिक पूरा गर्दा एपीएफ ३–० ले विजयी भयो।
जितपछि लिग लिडर एपीएफले ४ खेलमा १२ अंक जोडेको छ । एपीएफ लिगमा अपराजित एक्लो टोली हो ।
एपीएफले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।
उता पुलिसको भने यो पहिलो हार हो । एकमा जित, दुई बराबरी र एक हार नतिजासहित पुलिसले ४ खेलबाट ५ अंक जोडेको छ ।
एपीएफकी प्रशिक्षक जनक सिंह थारुले दुवै विभागीय टोलीलाई हराएपनि उपाधि हाेडमा अझै ढुक्क हुन नसकिने बताए ।
यस्तै पुलिसका प्रशिक्षक संजिव जोशीले खेलाडीको चोटले असर गरेको बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…