लगानीकर्ताहरु आत्तिएर प्यानिक सेल गर्दा सूचक ठूलो अंकले घट्न गएको हो ।

काठमाडौं : कोरोना संक्रमणका कारण सर्वसाधारण लगानीकर्ता आत्तिंदा सेयर बजार प्रभावित भएको छ । सरकारले केही समयका लागि निषेधाज्ञा लगाउने भएको छ । यही कारण लगानीकर्ताले केही पैसा जोहो गर्न खोज्दा पनि बजार बढी प्रभावित भएको हो । त्यसो त केही दिनयतादेखि बजार घट्ने क्रममा नै रहेको छ । लगानीकर्ताहरु आत्तिएर प्यानिक सेल गर्दा सूचक ठूलो अंकले घट्न गएको हो ।

यस्तो बेला आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । अत्यावश्यक नभएसम्म प्यानिक सेल नगर्न जानकारहरुले सुझाव दिंदै आएका छन् । सेयर बजारमा सर्वसाधरणले आफू लगानीकर्ता हो कि ट्रेडर हो भन्ने किटान गर्न सक्नुपर्छ ।तथापि, बजारका जानकार तथा विश्लेषकहरुले भने यसरी प्यानिक नहुन बारम्बार आग्रह गरिरहेका छन् । बेस्सरी घटेका बेला आपत्त नपरी नबेच्न उनीहरुको आग्रह छ । केही दिनपछि बजार फेरि सकारात्मक लयमा फर्किने विश्लेषकहरुको भनाई छ । उनीहरुले गत वर्षको उदाहरण दोहोर्याएका छन् । गत वर्ष पन लक डाउनमा सुरुका केही दिन बजार बेस्सरी प्रभावित भए पनि पछि एकाएक नयाँ उचाईमा पुगेको थियो ।

अहिले पनि यस्तै हुन सक्ने उनीहरुको अनुमान छ । तर पनि सर्वसाधारण लगानीकर्ता त्रसित हुनेक्रम रोकिएको छैन । सर्वसाधारणले अन्धाधुन्द बिक्री गर्दा नेप्से घट्ने क्रम नरोकिएको फ्रन्ट लाइनमा बस्ने ब्रोकरहरुको भनाई छ । अनलाइन आफ्नै हातमा भएकाले पनि विशेषगरी नयाँ लगानीकर्ताहरुले आत्तिएर सेयर बिक्री गर्दा बजारमा धेरै सेल आएको हो ।

यस्तो बेला आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । अत्यावश्यक नभएसम्म प्यानिक सेल नगर्न जानकारहरुले सुझाव दिंदै आएका छन् । सेयर बजारमा सर्वसाधरणले आफू लगानीकर्ता हो कि ट्रेडर हो भन्ने किटान गर्न सक्नुपर्छ । दीर्घकालीन लगानीकर्ता हो भने प्राविधिक सूचकहरुलाई वास्ता गर्नु हुँदैन । चर्चित लगानीकर्ता वारेन बफेटले भने जस्तै एकदम सबल वित्तीय सूचक भएका कम्पनीको सेयर किनिसकेपछि वर्षौसम्म बिर्सिनुपर्छ ।

तर तपाईं कारोबारी हो भने नाफा बुक गर्ने वा स्टप लसको नीति उपयुक्त हुन सक्छ । यसर्थ, एकाएक प्यानिक भन्दा पनि आफू कस्तो प्रकारको लगानीकर्ता हो भन्ने किटान हुन आवश्यक देखिन्छ । सोही अनुसार निर्णय गर्नु उपयुक्त हुन सक्छ । सेयर बजार घटबढ भइरहन्छ । यसर्थ, घटेको बजार फेरि बढ्छ भन्ने दुविधा हुनुपर्दैन ।

नेप्से सूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा आइपुगेको छ । २ कम्पनीको भाउ भने सर्किट लाग्ने गरी वृद्धि भएका छन् । ६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२० कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड ७४ लाख रुपैयाँभन्दा बढीसहित अपर तामाकोशी कारोबार रकममा सबैभन्दा अघि छ ।  दोस्रोमा निफ्रा र तेस्रोमा पुनर्बिमा कम्पनी परेको छ ।
सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउन थालेको छ । प्रारम्भिक संकेतहरु निकै सकारात्मक देखिएका छन् । औसतमा राम्रो नाफा कमाएको रिपोर्टहरु आइरहेका छन् । कोरोना विस्तार हुँदा बैंकमा तरलता वृद्धि हुनेछ । यस्तो अवस्थमा ब्याजदर बढ्ने सम्भावना कम हुन्छ । यी परिदृश्यहरुले पनि दीर्घकालीन लगानीकर्ता आत्तिनु पर्ने अवस्था नरहेको विश्लेषकहरुको भनाई छ ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago